महिला हिंसामा पिडितहरुलाई निशुल्क कानुनी उपचार ः नेपाल बार एशोसिएसन

महिला हिंसामा पिडितहरुलाई निशुल्क कानुनी उपचार ः नेपाल बार एशोसिएसन

असर २२ कपन /नेपाल बार एशोसिएसनले महिला हिंसामा पिडितहरुलाई निशुल्क कानुनी उपचार प्रदान गर्ने जनाएको छ । आज कपनमा आयोजित महिला हिंसा सम्बन्धि अन्तरक्रिया तथा निशुल्क कानुनी शिविर कार्यक्रममा प्रमुख अतिथिको तर्फबाट बोल्दै बार अध्यक्ष हरिकृष्ण कार्कीले उक्त कुरा बताउनुभएको थियो । देशव्यापी रुपमा महिला हिंसा बढ्दै गएपछि कपन गाउँ विकास समितिले आफ्नो चासो व्यक्त गर्दै अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

IMG_3802
फोटो विद्या सुबेदी (ज्ञवाली)
IMG_3805
फोटो विद्या सुबेदी (ज्ञवाली)

त्यस्तै गाविस सचिव लोमस आचार्यले सबै कपनवासीको सहयोग पाएको खण्डमा गाविस स्तरीय महिला सेल स्थापना गर्ने कुरा बताउनुभयो । उक्त सेलले महिला सम्बन्धि कुनैपनि प्रकारका हिंसा भएमा तुरुन्त आवश्यक पहलकदमी लिने कुरामा पनि उहाँले जोड दिनुभयो ।

कपन ३ स्थित मिलनचोक पार्टी भेन्यूमा बिहान ८ बजेदेखि शुरु भएको कार्यक्रम, कपन वडा नं ३ का तीन महिला समूहहरु ः सिद्धेश्वर महिला समूह, बिकासका अभियानमा महिला समाज र कपन महिला समूहको संयुक्त आयोजना रहेको थियो । उक्त कार्यक्रममा कपनमा क्रियाशील विभिन्न राजनैतिक दल, नागरिक समाज, महिलाहरु, पेशाकर्मी लगायत विभिन्न सामाजिक संजालका व्यक्तित्वहरुको उल्लेख्य सहभागिता देखिन्थ्यो ।

-बिन्दा गौतम
इमेल – [email protected]

तपाइँको प्रतिक्रिया ।