मंगसिर १९ गते राती कपन क्षेत्रमा जे देखियो

कपन अनलाइन 

काठमाडौ,मंगसिर २०

नेपाली निर्वाचनको इतिहासमा भोलि मंगसिर २१ गते हुने निर्वाचन एकदमै ऐतिहासिक र महत्वपूर्ण रहेको छ ।नेपालको शासकीय संरचना नै परिवर्तन गर्ने यो निर्वाचन लाई सबै तिरबाट निकै महत्वका साथ हेरिएको छ ।यस निर्वाचनले नेपालको अहिले सम्म चल्दै आएको प्रणाली परिवर्तन गरि संघियता को कार्यान्वयन गर्ने भएकोले पनि यसलाई निकै महत्व दिईएको छ ।

अव निर्वाचनमा मतदान गर्न केहि घण्टा मात्र बाकि रहेको छ ।यस अवधिमा निर्वाचनमा उम्मेदवार भएका नेताहरु र उनीहरुका कार्यकर्ता हरुमा निकै ठुलो बेचैनी र उत्सुकता देखिन्छ ।उनीहरु अहिल्के हरेक छलफल ,भेटघाट र कुराकानीमा केवल निर्वाचनमा प्राप्त हुने सम्भावित मतको आंकलन गरिरहेका भेटिन्छन ।उनीहरुको कुराकानी र छलफल वडा ,मतदान केन्द्र र बुथ सम्म केन्द्रित हुने गरेको छ ।उनीहरु बुथ बुथमा आफ्नो पक्षमा खस्ने मतको अनुमान गर्दै नतिजाको आंकलन गरिरहेका भेटिन्छन ।

यो त् भयो दिउसोको कुरा र छलफल अझ यस्ता दृश्य रोचक र फरक राति हुने गर्दछन । निर्वाचन मितिको केहि घण्टा मात्र बाकि रहेको यस अवस्थामा प्रत्यक दलका कार्यकर्ताहरु दिन भन्दा रातमा बढी सक्रिय भएका छन । आफ्नो निर्वाचन क्षेत्रमा कुनै पनि लोभ ,लालच र प्रलोभनमा पारेर मत तानातान रोक्न भन्दा प्रहरी भन्दा बढी राजनीतिक दलका कार्यकर्ताहरुको गस्ती बढी हुने गरेको छ ।

मान्छेलाई सर्पको डर र सर्पलाई मान्छेको डर भने झैँ दलका कार्यकर्ताहरु एक अर्का संग सचेत र सम्बेदनशील हुदै निगरानी गर्ने चलन पनि पनि यी महत्वपूर्ण रातमा हुने गरेका छन ।निर्वाचनमा देखिने गलत अभ्यासले यस्ता गतिविधि बढाउनुमा निकै ठुलो भूमिका निर्वाह गरेका छन ।

मंगसिर २१ गतेको मतदान हुन् लगभग ४० घण्टा बाकि हुदा काठमाडौं क्षेत्र नं ४ को कपन क्षेत्रमा पनि यस्तै दृश्यहरु धेरै देख्न पाइयो ।निर्वाचनको महत्वपूर्ण रात जागिरहेको अनुभूति हुने धेरै दृश्यहरु देख्दा महिनौ दल र तिनका कार्यकर्ताले महिनौ गरेको मेहनत फगत औपचारिकता रहेको र निर्णायक भनेको यहि रात हो भने जसरी एक अर्काको रखवाली गर्ने क्रम धेरै स्थानमा देखिएको थियो ।

कपन क्षेत्रका हरेक जसो चोकमा कुनै न कुनै दलका कार्यकर्ताको झुण्ड बसेको भेटिन्थ्यो भने एउटा दलका कार्यकर्ता बोकेको गाडी को अघि वा पछी  अर्को दलको गाडी कुदिरहेको हुन्थ्यो ।तर यो निगरानी र गाडीहरुको अगाडी पछाडी लाग्ने शिलशिलाको स्पस्ट प्रयोजन भने कसैले पनि खास रुपमा बुझेको देखिदैनथ्यो ।

यो क्रम संगै यस क्षेत्रका हरेक चोकमा प्रहरीको चेक जांच निकै बढेको थियो भने प्रहरीहरुले दलका कार्यकर्तालाई आफ्नो घर वा कार्यालयमा बस्न अनुरोध गरिरहेका थिए तर कार्यकर्ताहरु भने मान्ने मुडमा देखिएका थिएनन ।

यस क्षेत्रमा सबै दलका कार्यकर्ताहरु एक अर्का संग निकट र परिचित रहेकोले दुवै पक्ष विच मित्रवत व्यवहार देखिन्थ्यो ।उनीहरु विच विभिन्न स्थानमा भेट हुदा हासो मजाक चल्थ्यो भने एक टोलि हिडी सके पछी अर्को टोलि ससंकित बन्दै पिछा गर्ने काम सुरु गरिहाल्थ्यो ।

यस्ता क्रमहरु चल्दै गर्दा यहाका मतदाताहरुले भने आफ्नो मानसिकता बनाई सकेको हुनाले यो केवल औपचारिकता हुने तर्फ भने सबै सहमत झैँ देखिन्थे ।

 

तपाइँको प्रतिक्रिया ।