मेरो निस्वार्थ योगदानको कदर जनताले गर्नेमा विस्वस्त छु : निर्मल कुइकेल

मेरो निस्वार्थ योगदानको कदर जनताले गर्नेमा विस्वस्त छु : निर्मल कुइकेल

कपन अनलाइन 

काठमाडौ,मंगसिर १८।

बाम गठबन्धनको तर्फ बाट काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र १ का उम्मेदवार निर्मल कुइकेल ले आफुलाई बिपक्षी हरुले लगायेको झुटा आरोप सबै अदालतले खारेज गरेको बताएका छन ।उनले कपन ह्यान्डबल चौरमा भएको चुनावी सभालाई सम्बोधन गर्दै पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव हुदाको वेला लागेको  झुटा आरोप खारेज भैसकेको बताएका थिए ।

आफ्ना प्रतिद्वन्दी प्रति कटाक्ष गर्दै उनले आफु कुनै लाभ नलिई सधै आफ्नो क्षेत्रको सेवामा लागेको बताएका थिए ।उनले युवा स्वरोजगार ,जेष्ठ नागरिकको हित र देशको अग्रगामी विकास बाम गठबन्धन आवस्यक रहेको भन्दै  जनता संग मत मागेका थिए।उनले अवको समय     काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र १ सांस्कृतिक केन्द्र बनाउने अभिभारा आफुले पुरा गर्न उम्मेदवारी दिएको धारणा राखेका थिए ।

कुइकेलले आफ्नो सम्बोधनको क्रममा आफुले निस्वार्थ रुपमा दशकौ देखि क्षेत्रको विकासमा गरेको योगदानको कदर जनताले गर्ने विस्वास व्यक्त गरेका थिए ।

 

तपाइँको प्रतिक्रिया ।