हामी संग जित्नुको विकल्प छैन : कुसुम कुमार कार्की

हामी संग जित्नुको विकल्प छैन : कुसुम कुमार कार्की

कपन अनलाइन 

काठमाडौ,मंगसिर १८ ।

बाम गठ बन्धनका तर्फ बाट काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र २ का उम्मेदवार कुसुम कुमार कार्कीले काठमाडौं क्षेत्र नं ४ मा अवको निर्वाचन जित्नुको बिकल्प नरहेको बताएका छन ।कपन ह्यान्डबल चौरमा आयोजना भएको चुनावी सभालाई सम्बोधन गर्दै यो कुरा बताएका हुन् ।

कार्कीले सभामा उपस्थित रहेका जनताहरु तिर संकेत गर्दै निर्वाचन जिती सकेको भन्दै केहि दिन सचेत रहन आग्रह गरेका थिए ।    उनले यस क्षेत्रको विकासमा जन प्रतिनिधिहरु संगहातेमालो गर्दै अगाडी बढ्ने मान्छे चाहिएको भन्दै बाम गठबन्धनका उम्मेदवारलाई बिजयी गराउनु पर्ने बताएका थिए ।

आफ्नो घर दैलोको क्रममा जनता बाट निकै न्यानो स्वागत पाएको भन्दै उनले सबै कार्यकर्ता र स्थानीय जनतालाई सचेत भएर मतदानमा सहभागी हुन् आव्हान गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।