डा. राजन भट्टराईको चुनावी प्रचारमा यज्ञराज सुनुवार

डा. राजन भट्टराईको चुनावी प्रचारमा यज्ञराज सुनुवार

कपन अनलाइन 

काठमाडौ,मंगसिर १७।

नेकपा एमालेका केन्द्रिय सदस्य एबम ओखलढुंगा जिल्लामा बाम गठबन्धनका तर्फ बाट प्रतिनिधि सभा उम्मेदवार यज्ञराज सुनुवार अहिले काठमाडौं क्षेत्र नं ४ मा प्रचार अभियानमा रहेका छन ।ओखल ढुंगा वासीहरुको बाक्लो बसोवास रहेको यस क्षेत्रमा सुनुवारको सक्रियतालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सुनुवार अहिले बाम गठ बन्धनका उम्मेदवार हरु संगै विभिन्न कार्यक्रममा सम्बोधन गर्दै हिड्नुका साथै आन्तरिक घर दैलोमा पनि सक्रिय रहेको एक नेताले बताए ।सुनुवार पनि डा. राजन भट्टराई जस्तै विधार्थी राजनीति बाट उदाएका नेता हुन् जसले २०७० शालको निर्वाचनमा ओखलढुंगा जिल्ला निर्वाचन क्षेत्र नं १ बाट विजयी बनेका थिए ।

 

तपाइँको प्रतिक्रिया ।