यस कारण सचेत मतदाताको रोजाइमा कुसुम कुमार कार्की

यस कारण सचेत मतदाताको रोजाइमा कुसुम कुमार कार्की

कपन अनलाइन 

काठमाडौ,मंगसिर १७ /विचार /सन्तोष लुइँटेल

हाम्रो देश नेपाल अहिले ऐतिहासिक राजनीतिक परिबर्तनबाट अगाडि बढिरहेको छ। जनआन्दोलनको बलमा स्थापित सङ्घीय गणतन्त्र अनि नया संबिधानको कार्यान्यनको महत्वपूर्ण चरणमा सिंगो राष्ट्रले गतिलिइरहेको छ।

सफल स्थानीय निर्बाचन पछी संघीय एबम प्रदेश सभाको पहिलो चरणको निर्बाचन सम्पन्न भइ दोश्रो चरणको निर्बाचनको माहोलमा देश झुमिरहेको छ।

काठमाण्डौ जिल्ला निर्बाचन क्षेत्र न.४ मा समेत निर्बाचन सग सम्बन्धित रोचक गतिबिधिहरु संचालन भइरहेका छन्। क्षेत्र न. ४ मा बामगठबन्धन अनि लोकतान्त्रिक गठबन्धन बीचमा आकर्षक प्रतिष्पर्धाले देश अनि दुनियाको चासो यस क्षेत्रमा तानिरहेको छ। चर्चित युवानेताहरु डा राजन भट्टराइ तथा गगन थापाको रोचक भिडन्तले समेत यस क्षेत्रका जनता अझ बिशेस रुपमा सोच्न बाध्य बनेका छन। राजधानी काठमाडौँ तथा ३ न. प्रदेशको बिशेष महत्व रहेको छ।

त्यसैले त विभिन्न पार्टीका उच्चस्तरीय नेता समेत केन्द्रीय राजनीति भन्दा प्रदेश राजनीतिमा आकर्षित भएका छन् र चुनाब लड्दै छन्। त्यस मध्ये क्षेत्र न.४ प्रदेश २ का आकर्षक एबम शसक्त उमेद्वार हुन् कुसुम कुमार कार्की ।

२०४९ सालको स्थानीय निर्बाचनमा २५ बर्षको उमेर मानै उपाध्यक्ष निर्बाचित भए र अगाडी बढेको राजनीतिक जीवन पुन २०५४ को निर्बाचनमा महांकाल गाबिसको अध्यक्षमा बिजयी भए पछी एतिहासिक बनेको थियो कार्कीको। जनताका घर,आगन अनि चुल्होमा उठेको आवाजहरुलाई सम्बोधन गरेर जनतासग मन देखि मनसम्मको समबन्ध स्थापित गरेका कार्कीले तत्कालिन महांकाल गाबिसमा अमिट छाप छोड्न सफल भए का छन्।

जनताको भाबना बुजेर सहि नेतृत्व गर्न सक्ने सफल जनप्रतिनिधिको रुपमा उनले आधार तयार गरेको तत्कालिन महांकाल गाबिसको उज्ज्यालो अनि बिकसित रुपले समेत पुष्टि गरेको छ। लामो समयदेखि नेकपा एमालेको स्थानीय राजनीतिक नेतृत्व सम्हालेका कार्की २ पटक नेकपा एमाले क्षेत्रीय कमिटिको अध्यक्ष चुनिन सफल भए  ।

पार्टी कार्यकर्ताहरुसग समन्वयात्मक भूमिका निर्बाह गर्न सक्ने कार्कीले पार्टीलाई ऐतिहासिक नेतृत्व दिए | गुट उपगुट भन्ने कुरा पार्टीमा स्थायी हुदैनन् ,ति सबै समय र परिश्थितिले निश्चित परिबेशमा उत्पन्न गर्छन भन्ने कुरा कार्कीको सफल नेतृत्व र भूमिकाले समेत प्रष्ट पार्यो ।हरेक कार्यकर्ताले गौरब गर्न सक्ने युवा पार्टीनेतृत्व यस क्षेत्रले लामो समयसम्म पायो।

स्थानीयतहको निर्बाचनमा जनताको एमाले प्रतिको लहर र विश्वासले उनको नेतृत्वलाई थप स्पष्ट पार्यो |क्षेत्र न. ४ मा ८३%भन्दा बढी जनप्रतिनिधि बिजयी गराए र कार्कीले आफ्नो क्षेत्रलाई पुन एमालेमय बनाउन सफल भए।सबैको सहयोग अनि जनताको उल्लासबाट प्राप्त यो सफलताको श्रेय नेतृत्वमा रहनुको नाताले उनैलाई जान्छ।

यो सफलताले सक्तिसाली प्रतिपक्षलाई समेत रक्षात्मक बनाए र कुसुम कार्की आक्रामक प्रचारका साथ चुनाबी मैदानमा उत्रिएका छन् । यस क्षेत्रको आफ्नै माटोको सुगन्धमा हुर्किएका कार्की हरेक चोक,गल्लि,घर ,आगनमा परिचित छन्। हिजोकों सहर र आजको नया सहरको अबधारणा बुझेका उनले यस क्षेत्रको विकास अनि समृद्दीका लागि ठोस योजना तर्जुमा गर्न तथा त्यसका लागि उत्कृष्ट पहल गर्ने राजनीतिक तथा सामाजिक हैसियत स्थापित गरिसकेका छन्।

केन्द्रीय राजनीतिक प्रभावले तुरुन्त असर गर्ने यस क्षेत्रमा एउटा उत्कृस्ट नेतृत्व अनि जनप्रतिनिधि बन्ने र बिशेस भूमिका निर्वाह गर्ने ताकत अनि ल्याकत राख्छन कार्की ।उनि स्थानीय स्तरको पुरानो चिनजान नाता समबन्ध अनि व्यक्तित्व प्रभावले हरेक मतदाताको पहिलो रोजाई बन्न सफल भए का छन्। कुसुम कार्की सफल व्यवसायी एबम निष्कलंक छबी भएका व्यक्तित्व हुन्।

ह्युम पाइप एसोसियसन नेपालको अध्यक्ष मात्र होइन विभिन्न होटेल सहकारी लगायतमा सफल व्यबसायी कार्कीले लागि यस क्षेत्र तथा सिंगो प्रदेशको आर्थिक बिकासमा राम्रो भूमिका निर्वाह गर्न सक्छन्। उच्च एबम सलिन व्यक्तित्वका धनि मात्र होइनन निर्भिक एबम शानदार उमेद्वारको परिचय समेत बनाइँसकेका छन् उनले। “धेरै बोलेर मात्र होइन गरेर देखाउनु पर्छ ” भन्ने मूल मान्यता भयका हुनाले मतदाताको एउटा ठुलो तप्का कार्कीको पक्षमा खडा भयको छ।महिला ,जेष्ठ नागरिक अनि युवापुस्तामा सजिलै घुलमिल हुनसक्ने,सजिलै कन्भिन्स गर्न सक्ने ,आकर्षक अनि बिशिष्ट व्यक्तित्वका धनि हुन् उनि।

नेपालमा प्रदेशको अबधाराना नया भए को र यसलाई कानुनी ,राजनीतिक एबम सामाजिक रुपमा उत्कृष्ट बनाउनु पर्ने चुनौती प्रदेश सभा सदस्यको हुन्छ ।

त्यसका लागि अनुभबी ,प्रष्ट विचार एबम माटो सुहाउदो व्यक्तित्व चाहिन्छ। कुसुम कार्की बाट त्यो पुरा हुने प्रस्ट देखिन्छ। काठमाडौँ सहरको व्याबस्थापन, पर्यटकीय क्षेत्रको बिकाश अनि प्रदेश सभामा यस क्षेत्रका जनताको सरोकारका मुद्दाहरुलाई टेबल ठोकेर दुनियालाई बुझाउन सक्ने नेतृत्वको विकास हुन जरुरि छ।

स्थानीयतहसग समन्वय गरेर प्रदेश सरकार अनि केन्द्रीय सरकार मार्फत राष्ट्र एबंम क्षेत्रको बिकाशमा योगदान पुर्याउनु पर्ने हुन्छ। यस प्रदेश खका सम्पूर्ण वडाहरुमा नेकपा एमालेको क्लिन स्विप गरेका कारणले पनि जनताले सहजढंगले राज्य संचालन गर्न कुसुम कुमार कार्कीलाई विजय गराउनु निर्विकल्प देखिन्छ।

यिनै तिका कारणपनि विपक्षहरुले समेत कार्कीको न अलोचना नै गर्न सक्छन न विवाद नै ,बरु कुसुम कार्कीको बिजय करिब निश्चित भैसकेको पराजित दृष्टिकोण प्रस्तुत गर्छन।निर्बाचनको बेला नै हो जनताले सहि अनि योग्य प्रतिनिधिलाई चयन गर्ने र  मतदान गर्दा आफुले चुन्न लागेको जनप्रतिनिधि अनुभबी,शिक्षित,परिपक्क,काममा विश्वास गर्ने ,दृढ अनि स्थानीयलाई महत्व दिन जरुरि छ।

सधै सिर्जनात्मक ढंगले युवाको भाबना अनि जोशका साथ काम गर्न रुचाउने कार्की नै अहिलेका उत्कृष्ट उमेद्द्वरमा पर्छन। क्षेत्र न.४ प्रदेश २ का जनताले विचार पुर्यायर मतदान गरि समय र परिश्थिति सुहाउदो सहि प्रतिनिधि चुन्ने छन् भन्ने बिश्वाशका साथ कुसुम कुमार कार्की प्रति विजयको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।

तपाइँको प्रतिक्रिया ।