कपन अनलाइनको विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न

कपन अनलाइनको  विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न

DSC_0034कपन अनलाइन कपन अनलाइनले कपनका विद्यालयबाट यस वर्ष प्रवेशिका परीक्षा उत्तीर्ण गरेका उत्कृष्ट छात्र तथा छात्रालाई सम्मान गरेको छ । कपनको सामाजिक जीवनका विविध पक्षलाई डिजिटल समाचारको माध्यमबाट प्रकाशित गर्दै आएको कपन अनलाइनले विद्यार्थी सम्मान कार्यक्रम गरेर अझै यहाँको समाजसँग एकिकृत हुने जमर्काे गर्यो ।

 

 
DSC_0121आज बिहान कपन ३ स्थित मिलनचोक पार्टी भेनुमा आयोजित एक विशेष कार्यक्रमबीच कपनअनलाइनले कपन क्षेत्रका विद्यार्थीहरुलाई सम्मान गरेको हो । प्रेश काउन्सिल नेपालका अध्यक्ष वोर्णबहादुर कार्कीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नेपाली पत्रकारिता क्षेत्रका धेरै चिनिएका अनुहार कपन आएका थिए । कार्यक्रममा अनलाइन पत्रकारिताको प्रभावकारिता तथा यसमा हुनुपर्ने इमान्दारिताको बारेमा पनि वक्ताहरुले बोलेका थिए । नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, प्रेश चौतारी नेपाल, फोटो जर्नालिष्ट क्लबलगायतका संस्थाका वरिष्ठ प्रतिनिधिहरु कार्यक्रममा उपस्थित थियो ।
DSC_0252कपन अनलाइनको पहिलो सार्वजनिक कार्यक्रम भएकोले यस कार्यक्रमा कपन तथा यस क्षेत्र  आसपासका राजनीतिककर्मी, समाजसेवीका साथै स्थानीय व्यक्तिहरुको उल्लेख्य उपस्थिति थियो । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष निर्मल कुइँकेलसहित कपनका सबै राजनीतिक दलका प्रतिनिधिहरुले शुभकामना मन्तव्य दिएका थिए । कपनबाट एमाओवादी अध्यक्ष शिव बजगाई, कांग्रेस सभापति विनोद चालिसे, एमाले अध्यक्ष ध्रुवराज न्यौपाने, नेकपा माओवादी इन्चार्ज ध्रुवकुमार बस्नेतले कपन अनलाइनले कपनलाई चिनाउन महत्वपूर्ण योगदान गरेको बताएका थिए ।
DSC_0251कपनमा रहेका विद्यालयबाट यस वर्ष प्रवेशिका परीक्षामा उत्तीर्ण भएकाहरुमध्येबाट हरेक विद्यालयबाट दुई जनालाई सम्मान गरिएको थियो । कपनका सामुदायिक तथा निजि गरी २२ विद्यालयले यस सम्मान कार्यक्रममा भाग लिएका थिए । DSC_0105 DSC_0120 DSC_0093 DSC_0088 DSC_0069 DSC_0243 DSC_0058 DSC_0121

तपाइँको प्रतिक्रिया ।