कपनमा अन्तर्राष्टिय गुणस्तरको मिनरल वाटर

 

राजाराम बुढाथोकी,मिङ्मा शेर्पा र कमलराज  श्रेष्ठ
राजाराम बुढाथोकी,मिङ्मा शेर्पा र कमलराज श्रेष्ठ

 

कपन अनलाइनपानी बिना मानव जीवनको कल्पना गर्न नसकिए पनि हामी नेपाली खानेपानी राम्ररी उपभोग गर्न नपाउने विश्वका थोरै मुलुकहरुमध्ये पर्दछौं । खानेपानीका लागि दीर्घकालिन योजनाहरुको अभावमा सहरी क्षेत्रमा पानीको दिनप्रतिदिन अभाव बढ्दो छ । यस्तो अवस्थामा निजि क्षेत्रले गर्ने खानेपानीको विविध उपायमा सहरियाहरु बाँचिरहेका छन् ।

 

 

कपन अक्वा मिनरल वाटरको १ लिटर बोटलको कार्टुन
कपन अक्वा मिनरल वाटरको १ लिटर बोटलको कार्टुन

खानेपानीको अभावमा बाँचिरहेका सहरका बासिन्दाभित्र हामी कपनवासी पनि पर्दछौं । कपनमा खानेपानीको अभाव यहाँको बस्ति विकाससँगै देखिएको हो । तर यहाँ पनि दीर्घकालिन योजना खासै देखिदैन । पानीको विकल्पका लागि हाम्रो कपनमा सुरु गरिएको विभिन्न योजनामध्ये कपन गाविस वडा नं. ९ मा रहेका कपन अक्वा मिनरल वाटर उद्योगले विश्वस्तरीय पानीको उत्पादन गरिरहेको छ । बजारभरी ट्यांकरमा ल्याइएको पानीलाई जारमा हालेर बेच्नेहरुको लहर चलिरहेको बेला कपनमा यस्तो उद्योगले विगत १ वर्षदेखि आफ्नो गुणस्तरीय पानी वितरण गरिरहेको छ ।

 

 

 

 

फिल्टर प्रविधिबारे जानकारी दिँदै
फिल्टर प्रविधिबारे जानकारी दिँदै

करिब ५० लाख लगानी गरेर सुरु गरिएको यो उद्योग विशेषगरी कपन तथा यस आसपासका क्षेत्रमा लक्षित रहेको छ । कपनमा नै बसोवास गर्ने राजाराम बुढाथोकी, कमलराज श्रेष्ठ तथा मिङ्मा शेर्पाको संयक्त प्रयास र लगानीमा यो उद्योग स्थापना भएको हो । स्थायी श्रोतको मूलको पानीलाई व्यवस्थित तरिकाले ७ वटा फिल्टरबाट सफा गरिएको यो पानी पूर्णतः रसायनमुक्त रहेको संचालक कमलराज श्रेष्ठ बताउँछन् । यसरी रसायनमुक्त पानी नेपालमा नै एकदमै कम पाइन्छ । यस कम्पनीले हाल दैनिक ७०० जार पानी उत्पादन गरिरहेको छ भने भविष्यमा १३०० जार सम्म उत्पाद गरिने पनि श्रेष्ठ बताउँछन् ।

 

 

जार सफा गर्दै
जार सफा गर्दै

अन्तर्राष्टियस्तरको मिडिया फिल्टर,कार्बन फिल्टर, माइक्रोन फिल्टर, रिभर्स अस्मोसिस फिल्टरबाट पानीलाई सफा गरेर स्टिलको ट्यांकीमा भर्ने देशका थोरै मात्र मिनरल वाटर उद्योगमध्ये यो पनि एक भएको राजाराज बुढाथोकी बताउँछन् । कपनको सामाजिक तथा राजनीतिक जीवनमा पनि चिनिएका राजाराम बुढाथोकीका अनुसार पानीको गुणस्तरका लागि हरेका महिना ल्याब टेस्ट गरिन्छ । यस कपन अक्वा मिनरल वाटरले प्रयोग गर्ने बोटल पनि प्रमाणित मात्र प्रयोग गरेको बुढाथोकी बताउँछन् । उनी भन्छन् हामीले प्रयोग गर्ने जार पनि अधिकतम ५० पटक पानी हालेपछि प्रयोग गर्ने गरेका छैनौ ।

 

 

पानीको प्रकृतिक मूलको बारे जानकारी दिँदै राजाराम बुढाथोकी
पानीको प्रकृतिक मूलको बारे जानकारी दिँदै राजाराम बुढाथोकी

राजनीति गर्ने राजाराम बुढाथोकी, नेपाली कागजको काम गर्ने कमलराज श्रेष्ठ तथा ट्रेकिङको काम गर्ने मिङ्मा शेर्पाको यो उत्साहजन प्रयास बजारमा पाइने अरु पानीभन्दा मंहगो पनि छैन । कपनका अधिकांश पसल, ग्रोसरी तथा मार्टहरुमा कपन अक्वा नै बिक्ने गरेको छ । साथै यस कम्पनीले कपन गाविसलगायत विभिन्न ठाउँमा निःशुल्क पानी पिउने व्यवस्थासमेत गरेको छ ।

 

 

– फोटो ः राजु बिक्रम थापा

तपाइँको प्रतिक्रिया ।