कपन अनलाइनको वार्षिकोत्सव कार्यक्रममा सबैलाई निमन्त्रणा

sammanकपन अनलाइनकपन अनलाइन शुरु गरिएको एकवर्ष भएको उपलक्ष्यमा आयोजना गरिन लागेको सार्वजनिक कार्यक्रममा सबै राजनीतिज्ञ, समाजसेवी, शिक्षक, पत्रकारलगात महानुभावलाई कार्यक्रममा उपस्थितिका लागि हार्दिक निम्तो गरिएको छ । कपन अनलाइनले पहिलो वार्षिकोत्सवको अवसर पारेर कपन क्षेत्रका विद्यालयबाट यस वर्षको प्रवेशिका परीक्षामा सर्वाेच्च अंक ल्याउने विद्यार्थीहरुलाई विशेष सम्मान पनि गर्दैछ । कपन गाविसको वडा नं. ३ मा रहेको मिलनचोक पार्टी भेनुमा भोलि असार १६ गते आइतबार विहान ७. ०० बजेबाट यो कार्यक्रम शुरु हुनेछ ।

 

कपन अनलाइन मिडिया प्रा.लि. ले गत वर्षदेखि कपन अनलाइन डिजिटल पत्रिका संचालनमा ल्याएको थियो । यस पत्रिकाले यहाँको सामाजिक, आर्थिक, शैक्षिक, राजनैतिकलगायतका विषयमा समाचारका विभिन्न रुपहरु प्रस्तुत गर्दै आइरहेको छ ।

तपाइँको प्रतिक्रिया ।