छुवाछुतमुक्त कपनको मोटरसाइक र्याली सम्पन्न, एमाओवादीबाहेक राजाराम सिलवालमात्र सहभागि

 

IMG_2067[1]कपन अनलाइन कपनमा भोलि १५ गते आयोजना हुन लागेको छुवाछुतमुक्त कपन कार्यक्रमको तयारीस्वरुप आज बिहानै मोटरसाइकल र्याली आयोजना गरिएको छ । एमाओवादीका अध्यक्ष प्रचण्ड प्रमुख अतिथिको रुपमा आउने भएपछि विवाद तानिएको यस कार्यक्रमको मोटरसाइकल र्यालीमा पनि प्रभाव परेको  थियो । अन्य पार्टीहरुमा राप्रपाका राजाराम सिलवालमात्रै सहभागि थिए । मोटरसाइकल र्यालीमा पार्टीगत सहभागितामा एमाओवादीहरुको मात्र सहभागिता थियो । कपनका केही महत्वपूर्ण मूलबाटोमा मोटरसाइकल र्याली गरिएको थियो । र्यालीमा करिब ७० मोटरसाइकल सहभागि थियो ।
यसअघि मोटरसाइकल र्यालीको उद्घाटन गाविसका सचिव लोमस आचार्य र राप्रपाका कपन प्रतिनिधि राजाराम सिलवालले संयुक्तरुपमा गरेका थिए । स्मरणीय छ दलितका आयोजित कार्यक्रमको उद्घाटन गर्ने दुवै दलित होइनन् ।

तपाइँको प्रतिक्रिया ।