महिला सञ्जाल कपन १ ले महिला हिंसा सम्बन्धि कार्यक्रम गर्दै
कपन अनलाइनकपन गाविसको वडा नं. १ मा रहेका १८ महिला समूहहरुको महिला सञ्जालले असार १५ गते महिला हिंसासम्बन्धि विशेष कार्यक्रम गर्दै छ । सांस्कृतिक रुपमा असार १५ गते दहि चिउरा खाएर सुरु गरिने कार्यक्रममा महिला हिंसा र यसबाट पर्ने असरका बारेमा विभिन्न वक्ताहरुबाट बोल्ने कार्यक्रम रहेको महिला सञ्जाल कपन १ कि सचिव कमला बोगटीले कपन अनलाइनलाई बताइन् । कपन गाविसबाट महिलासम्बन्धि छुट्याइएको बजेट अन्तर्गतबाट ३ महिनाअघिदेखि सञ्चालित इम्ब्रोइडरी तालिमको समापन पनि गरिने यस कार्यक्रममा महिला जिल्ला समन्वय समिति तथा कपन गाविसका प्रतिनिधिको पनि सहभागिता उनले बताइन् ।
यसैबीच एमाओवादीसमर्थित संस्थाले छुवाछुतमुक्त कपनको कार्यक्रम आयोजना गरिएको दिन यस कार्यक्रम आयोजना गर्न लागेको भनेर एमाओवादीले कार्यक्रम नगर्न दवाब दिएको थाहा हुन आएको छ । दवाब दिएको बारेमा कपन एमाओवादी अध्यक्षलाई सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहेनन् ।