यज्ञराज सुनुवार नेतृत्वको बाम गठवन्धनले ल्यायो समृद्ध ओखलढुंगाको खाका

यज्ञराज सुनुवार नेतृत्वको बाम गठवन्धनले ल्यायो समृद्ध ओखलढुंगाको खाका

कपन अनलाइन 

ओखलढुंगा ,मंगसिर ५

ओखलढुंगामा वाम गठबन्धनले पाँचवर्षमा ओखलढुंगाको समृद्धिका योजना प्रतिबद्धता पत्रबाट सार्वजनिक गरेको छ । गठबन्धन (नेकपा (एमाले र नेकपामाओवादी केन्द्र)तर्फका प्रतिनिधिसभाको उम्मेदवार यज्ञराज सुनुवार, प्रदेशसभा (क) अमिरबाबु गुरुङ र प्रदेशसभा (ख) मोहनकुमार खड्का हिमशिखर छन् ।

उनीहरुको संयुक्तचुनावी प्रतिवद्धतामा उद्योग तथाविजुलीतर्फ आगामीपाँचवर्षमाप्रत्येक स्थानीयनिकायमा  न्यूनतम् एक उद्योग ग्राम विकास गरी खिजीदेम्बा गाउँपालिका भित्र व्यवस्थित रुपमा नेपाली कागजउद्योग स्थापना गरी त्यसको निकासीतथा पैठारीको व्यवस्थागर्नेउल्लेख छ ।लागनीकर्तालाई आकर्षित गर्न आगामीपाँचवर्षसम्मविद्युत, खानेपानीतथा करमाविशेष छुट दिने र स्थानीयतहलाई नै उद्योगसम्बन्धीनीतिबनाई एक वार्ड एक उत्पादनको अवधारणा लागु गरिने उल्लेख छ ।आगामी ५ वर्षभित्रजिल्लालाई उर्जाको आत्मनिभएर बनाउनविद्युतउर्जा विकासलाई प्राथमिकताका साथ अगाडि बढाउने घोषणा गरेको छ ।

सबै स्थानीयतहका वडादेखि केन्द्रउसम्म राष्ट्रिय प्रशारण लाईनको विस्तार गर्ने र ग्रामीण विद्युतीकरण नभएको स्थानीयतहमा सबै वडामा आगामीतीनवर्षभित्रविद्युत सेवाउपलब्ध गराई जिल्लालाई लोडसेडिङमुक्त बनाउने उल्लेख गरेको छ भने गरिबीको रेखामुनि रहेका परिवारको पहिचान गरी विशेष सहुलियतदिइने घोषणा छ ।

वाम गठबन्धनले शिक्षा क्षेत्रमाप्रत्येक गाउँपालिका र नगरपालिकामा गुणस्तरीय र अनिवार्य शिक्षाकालागिआफ्नो कूल बजेटको १५ प्रतिशतशिक्षामालगानीगर्ने योजनाकार्यान्वयनगर्ने योजना सार्वजनिक गरेका छन् । साथै, विद्यालय टाढा भएकाविपन्नअसहाय र अशक्तविद्यार्थीहरुकालागिप्रत्येक गाउँपालिका र नगरपालिकामाकम्तीमा एउटा आवासीयविद्यालय सञ्चालनगर्ने र प्राथमिकतहमामात्रृभाषाशिक्षादिईनेप्रबन्धमिलाइने योजना अघि सारेका छन् ।

अनिवार्य तथानिशुल्कशिक्षा सुनिश्चितगर्न गुरुकुल, विहार, गुम्बा, खुल्लाएवम् वैकल्पिकशिक्षाकार्यक्रमलाई पाँचवर्षमाराष्ट्यि शिक्षा प्रणालीसँग आवद्ध गरिने व्यवस्थामिलाउने योजना छ । स्वास्थ्य क्षेत्रमाप्रत्येक गाउँपालिकाको केन्द्रमाकम्तीमा १५ तथानगरपालिकाको केन्द्रमा ५० शैयाको सुविधा सम्पन्न अस्पताल सञ्चालनगर्ने प्रतिवद्धतापत्रमा उल्लेख गरेको छ । साथै, सबै स्वास्थ संस्थाहरुमापोषण कार्यक्रम सञ्चालन गरी कुपोषित बालबालिकातथागर्भवतीमहिलालाई नियमितपोषण भत्ताको व्यवस्थागर्ने नीतिल्याईने जनताबीच प्रतिवद्धता जनाएको छ ।

गठबन्धले यातायातलाई प्रत्येक स्थानीयतहका वडामा चारवर्षभित्र सडक सञ्जालविस्तार गर्ने । प्रत्येकगाउँपालिका र नगरपालिकाजोडिने सडक १० वर्षभित्रकालोपत्रे गर्ने योजना अघि सारेको छ । रुम्जाटार बिमानस्थललाई थपविस्तार गरी जोड्न पहलगर्ने । सिद्धिचरण नगरपालिकाभित्रआगामीदुईवर्षमाव्यवस्थितवसपार्क निर्माण गर्ने जनाएको छ ।

 

तपाइँको प्रतिक्रिया ।