काठमाडौं ४ प्रदेस – १ मा निर्मल की नरोत्तम ?

काठमाडौं ४ प्रदेस – १ मा निर्मल की नरोत्तम ?

कपन अनलाइन 

काठमाडौं ,मंग्सिर १

काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र नं १ मा बाम गठबन्धनका तर्फ बाट निर्मल कुइकेल र नेपाली कांग्रेसका तर्फ  बाट नरोत्तम बैध उम्मेदवार बनेका छन । काठमाडौं महानगरपालिका वडा नं ८ का स्थायी बासिन्दा कुइकेल र बैध विच अहिले चुनावी अभियानमा निकै रोचक र हेर्न लायक प्रतिस्पर्धा भैरहेको छ ।एकै स्थान परिवेश र समाजका उत्पादन यी दुइ राजनीतिक पात्र विचको चुनावी भिडन्तले यो चिसो समयमा काठमाडौं का १,७,८ र ३० वडालाई राम्रै संग तताएको छ ।

कुइकेल र बैध दुवै स्थानीय रहेका र यहाँ का धेरै सामाजिक ,धर्मिक र सांस्कृतिक अभियान र कार्यहरुमा योगदान दिएका व्यक्ति हुन् ।उनीहरु विभिन्न काल खण्डमा पशुपति क्षेत्र विकास कोषको जिम्मेवारीमा रहेका थिए भने त्यस क्षेत्र संग सरोकार राख्ने हरेक संस्था र गतिविधिमा सामेल रहेका थिए ।

यस प्रदेस क्षेत्रका मतदाताहरु मा अहिले कुशल संगठक निर्मल वा सक्रिय सामाजिक कार्यकर्ता नरोत्तम कसलाई मतदान गर्ने भन्ने लेखाजोखा गर्दै रहेको एक स्थानीय मतदाताले बताए ।दुवै उम्मेदवारका सकारात्मक र नकारात्मक पक्ष संग स्थानीय जानकार रहेको र यो समय को माग अनुसार कसलाई चयन गर्ने त्यो स्थानीय मतदाताले मनन गरिरहेको उनको भनाइ थियो ।निर्वाचन अभियानको सुरुवातमा बैध अगाडी रहेको भएता पनि अहिले पछिल्लो अभियानमा कुइकेल अगाडी देखिएकोले यस क्षेत्रमा कसको पल्ला भारी हुन्छ त्यो हेर्न मतदानको दिन पर्खनु पर्ने उनले थपे

कुइकेल र बैधको प्रदेस सभा यात्राको निक्यौल भने मंग्सिर २१ गते हुने निर्वाचनले तय गर्नेछ ।

तपाइँको प्रतिक्रिया ।