थानकोट–चन्द्रागिरी चित्लाङ सडक निर्माणमा भएको अनियमितता र ढिलासुस्तीमा स्थानीयको आक्रोस

थानकोट–चन्द्रागिरी चित्लाङ सडक निर्माणमा भएको अनियमितता र ढिलासुस्तीमा स्थानीयको आक्रोस
कपन अनलाइन 
काठमाडौ,कार्तिक २६ ।
थानकोट–चन्द्रागिरी चित्लाङ सडकमा भएको अनियमितता र ढिलासुस्तीमा  स्थानीय र सरोकारवालाहरुले चिन्ता र आक्रोश व्यक्त गरेका छन  ।
शनिबार उक्त सडक खण्डको थानकोट पानीघाटमा आयोजना गरिएको अन्तरक्रिया तथा पत्रकार भेटघाट कार्यक्रममा सहभागीहरुको एउटै मत रहेको हो ।
नेपाल मण्डल पर्यटन नगरी पश्चिम भेग समितिको आयोजना तथा थानकोट चित्लाङ सडक वन पैदावार व्यवस्थापन समिति तथा टिष्टुङ बज्रबाराही नेवा पुचको सहआयोजनामा भएको कार्यक्रममा सरोकारवाला भन्द्रागिरी नगरपालिका र थाहा नगरपालिकाको स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्री राजन केसीले उक्त सडक पिच गर्न आफुले जितेपनि हारेपनि पहल गर्ने दावी गरे । मन्त्री केसीले आफ्नो निर्वाचन क्षेत्रमा भएको अनियमितता कुनै हालतमा सैह्य नहुने बताउँदै ५० औं करोडको ढुङ्गालाई केही व्यत्तिहरुको स्वार्थमा जम्मा ७४ लाखमा टेन्डर गरिएको भन्दै उक्त टेन्डर बदर हुनै पर्ने माग गरे ।
कार्यक्रममा नेपाल मण्डल पर्यटन नगरी पश्चिम भेग समितिका संयोजक विनोद महर्जनले सडक निर्माणको नाममा प्राकृतिक स्रोत साधन दोहन गरेर कौडीको भाउमा बेच्ने र बाटो निर्माण अलपत्र पार्ने काम भएमा स्थानीय जनताले डटेर मुकाविला गर्ने प्रष्ट पारे ।
कार्यक्रमको अध्यक्षता गरेका चन्द्रागिरी नगर पालका वडा नम्बर ४ का वडाध्यक्ष तथा  थानकोट चित्लाङ सडक वन पैदावार व्यवस्थापन समितिका संयोजक कृष्णप्रसाद शाहीले निर्धारित समयमै बाटो सम्पन्न गर्नुपर्ने र प्राकृतिक साधन स्रोतको दोहन गरेर थानकोटबाशीको वस्ति धरापमा पार्न नहुने दावी गरे ।
कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर  ६ का स्थानीयवाशीन्दाको हैसियतमा नेपाल पत्रकार महासंघ काठमाडौं जिल्लाका अध्यक्ष शन्तराम बिडारी, टिष्टुङ बज्रबाराही नेवा पुचका अध्यक्ष हरिगोपाल श्रेष्ठ, थाहा नगर पालिकाका वडा अध्यक्ष परशुराम श्रेष्ठ, चन्द्रागिरी हिल्स लिमिटेडकका सहायक महाप्रवन्धक अवकाशप्राप्त कर्णेल सञ्जय झा लगायतको उपस्थिति थियो ।
तपाइँको प्रतिक्रिया ।