काठमाडौं क्षेत्र नं ७ प्रदेस क्षेत्र-१ का उम्मेदवार बसन्त मानन्धरको उम्मेदवारी किन ?
कपन अनलाइन
काठमाडौ,कार्तिक २६ ।
२०२७ शाल मंग्सिरमा स्व. पिता देवनारायण मानन्धर र माता विष्णुमाया मानन्धरको कोख बाट काठमाडौको सोह्रखुट्टेमा जन्मिएका मानन्धरले त्रिभुवन विश्वविद्यालय बाट स्नातक उत्तीर्ण गरेका छन ।अहिले उनि बाम गठबन्धनको तर्फ बाट काठमाडौं क्षेत्र नं ७ प्रदेस क्षेत्र १ मा प्रदेस सभा उम्मेदवार बनेका छन।
मानन्धरले २०४३ सालमा अनेरास्ववियु (एकताको पाँचौं) को सहप्रा.क. संयोजकबाट राजनीति सुरु गरि केन्द्रीय कमिटीको महासचिवको जिम्मेवारीसम्म निर्वाह गरेका थिए ।
२०४६ सालमा निरंकुश पञ्चायती व्यवस्था विरुद्धको संयुक्त आन्दोलनमा सरस्वती क्याम्पसबाट नेतृत्व गरेका उनले २०४७ सालमा कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए ।
उनि २०४९ र २०५१ माभएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा त्रिचन्द्र क्याम्पसबाट सबै प्रगतिशिल विद्यार्थी संगठनको नेतृत्व गर्दै सभापति पदमा लडेका थिए ।
उनि २०५१ देखि २०६७ सालसम्म नेकपा (एमाले) विद्यार्थी विशेष जिल्ला कमिटी र काठमाडौं जिल्ला कमिटीमा क्रियाशिल रहेका उनि २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनमा पटक पटक गरी दुई महिना हिरासतमा परेका थिए ।
मानन्धरले विद्यार्थी सहलयित, सामुदायिक तथा पेशागत आन्दोलन, महंगी, भ्रष्टाचार, सरकारी दमन, सर्वसत्तावाद, राष्ट्रिय स्वाधिनता, सिमा सुरक्षा, कालापानी मार्च लगायतका अभियान र आन्दोलनहरुमा सहभागी हुदै भाषिक अधिकार, नेपाल सम्बत्लाई राष्ट्रिय मान्यता प्राप्तिको लागि प्रचारकको भूमिका निर्वाह लगायत अन्तर क्याम्पस नेपाल भाषा साहित्य पालाःअन्तर्गत न्ह्यायकंं साहित्य पालाः र जः साहित्य पालाः र नेवाः देय् दवुका विभिन्न समितिमा संगठित भएर कार्य गरेका थिए ।
उनले जनप्रतिनिधी नभएको अवस्थामा नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको राजनीतिक संयन्त्रमा समेत रही कार्य गरेका थिए ।
यस पटकको प्रदेस सभा निर्वाचनमा तपाइको मुद्दा के हो ?भन्ने प्रश्नमा उनले आदिवासी जनजाति तथा स्थानीय जनताको पहिचान र अधिकारलाई स्थापित गर्दै सामाजिक न्याय र एकता कायम गर्न,नेपाली भाषाका साथै नेपाल भाषा लगायत प्रदेश भित्रका अन्य प्रमुख भाषालाई पनि प्रदेशीय माध्यम भाषाको रुपमा प्रयोगमा ल्याउन,मातृभाषामा पनि अध्ययन गर्न पाउने व्यवस्था गर्न आफुले पहल गर्ने बताए ।
त्यस्तै उनले स्थानीय कला र संस्कृति (जात्रा, पर्व, बाजागाजा आदि) को संरक्षण र प्रबद्र्धन गर्न,सम्पदा र धार्मिक स्थलहरु (मठ, मन्दिर, देवालय)को संरक्षण र विकास गर्न,स्थानीय पहिचान बोकेको सोह्रखुट्टे पाटीको पुनस्र्थापनाको कार्य तत्काल शुरु गर्न,यस प्रदेश भित्रको मूल सभ्यता अर्थात विष्णुमति सभ्यतालाई जोगाउन संसदमा सक्रियता पुर्वक लाग्ने बताए ।
यसका साथै स्थानीय स्रोत, साधन र जनशक्तिको परिचालन गरी रोजगारीको सिर्जनागर्ने ,रोजगारीमुलक कुनै पनि कामलाई सम्मानित बनाउन,भित्री शहरमा स्थानीय जनताको सहमति र सहकार्यमा अघि बढेको एकीकृत वस्ती विकास परियोजनालाई कार्यान्वयन गर्ने ,सडक विस्तारको कारण पूर्ण रुपमा विस्थापित भई अलपत्र परेकाहरुलाई उचित मुआब्जा दिलाइ पुर्नस्थापितगर्ने , अब उप्रान्त जनतालाई विस्थापित गर्ने गरी सडक विस्तारको कार्य रोक्ने ,अस्तव्यस्त अवस्थामा रहेको सडकलाई सुधारगर्ने ,पानी आपुर्ति तथा खानेपानी समस्यालाई अल्पकालिन र दीर्घकालीन रुपमा समाधानगर्ने ,घरघरमा गरिने कृषि मार्फत सहरी कृषिलाई बढावा दिने योजना उनि संग रहेका छन ।