बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा घर दैलो गर्दै गगन थापा

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा घर दैलो गर्दै गगन थापा

कपन अनलाइन 

काठमाडौ,कार्तिक २२ ।

नेपाली कांग्रेस का तर्फ बाट काठमाडौं क्षेत्र नं ४ का लागि प्रतिनिधि सभा क्षेत्रका उम्मेदवार गगन थापाले  आज कार्तिक २२ गते बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा घर दैलो कार्यक्रम गरेका छन ।

नेपाली कांग्रेसका तर्फ बाट प्रदेस क्षेत्र नं २ का उम्मेदवार साधुराम खड्का , समानुपातिक तर्फ सिफारिस भएका पुर्व क्षेत्रीय सभापति न्युछे नारायण श्रेष्ठ , राम कृष्ण केसी लगायतका स्थानीय नेताहरु सहित थापा घर दैलोमा सहभागी भएका थिए ।

बुनपा ११ र १२ को सिमाना खरिबोट बाट सुरु भएको घरदैलो जगडोल पुगेर समापन हुनेछ ।घर दैलोको क्रममा थापाले पहिला जिताएकोमा धन्यवाद दिदै पुन जिताउन स्थानीय संग अनुरोध गरेको घर दैलोमा सहभागी राजेन्द्र अधिकारीले बताए ।

फोटो सौजन्य : राजेन्द्र अधिकारी (जुंगे )

तपाइँको प्रतिक्रिया ।