९२ वर्षीय जेष्ठ नागरिकको आशिर्वाद थाप्दै डा. राजन भट्टराईको चुनावी अभियान सुरु

९२ वर्षीय जेष्ठ नागरिकको आशिर्वाद थाप्दै डा. राजन भट्टराईको चुनावी अभियान सुरु

कपन अनलाइन 

काठमाडौ,कार्तिक २२ ।

बाम गठवन्धन को तर्फ बाट काठमाडौं क्षेत्र नं ४ का उम्मेदवार डा. राजन भट्टराई ले ९२ वर्षीय जेष्ठ नागरिकको हात बाट टिका थापेर कार्तिक २२ गतेको निर्वाचन अभियान सुरु गरेका छन ।सो अभियानमा उनि संगै बुनपा ९ मा प्रदेस क्षेत्र नं २ का उम्मेदवार कुसुम कुमार कार्की पनि सहभागी रहेका थिए ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ९ मा आफ्नो चनावी अभियान सुरु गरेका भट्टराईलाइ स्थानीय जेष्ठ नागरिकहरुले स्वागत गरेका थिए ।सो अवसरमा दिल ब गुरुङ धनकुमारी गुरुङ पदम बहादुर गुरुङ लगायतका स्थानीय जेष्ठ नागरिकले जेष्ठ नागरिकलाई सम्मान गर्ने दल हार्नु भनेको देश हार्नु हो । त्यसैले  देश  हार्न नदिन हामी बृद्ध बृद्धा पनि लागि पर्छौ भन्दै उनलाई आशिर्वाद प्रदान गरेको वडा नं एमाले अध्यक्ष गोविन्द कटवालले बताए ।

त्यस्तै आज नै डा. भट्टराई काठमाडौं ७ नम्बर अन्तर्गत गोपिकृष्ण नगरलाई  आधार मानेर हिमबाला महिला समूह गठनको कार्यक्रममा सहभागी बनेका थिए ।

सो कार्यक्रममा काठमाडौं क्षेत्र नं ४ प्रदेश सभा १   का उम्मेदवार निर्मल कुइकेल ,वडा नं ७ का अध्यक्ष सुद्ध डंगोल लगायत स्थानीयहरु उक्त उद्घाटनमा सहभागी थिए ।

 

तपाइँको प्रतिक्रिया ।