नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ मा प्रचार प्रसार भेला सम्पन्न

कपन अनलाइन 

काठमाडौ,कार्तिक २२

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ मा रहेको गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा आज निर्वाचन प्रचार प्रसारको लागि भेला आयोजना गरिएको छ । नेपाली कांग्रेस की केन्द्रिय सदस्य एबम काठमाडौं क्षेत्र नं ३ मा नेपाली कांग्रेसका तर्फ बाट प्रतिनिधि सभा उम्मेदवार अम्बिका बस्नेत को प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा प्रदेस क्षेत्र १ का उम्मेदवार छिरिंग दोर्जे लामा र प्रदेस क्षेत्र २ का उम्मेदवार विमल ठकुरीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै बस्नेतले लोकतान्त्रिक गठवन्धन ले मात्र नेपालको विकास हुने बताएकी थिइन् । उनले नेपाली कांग्रेसको नेतृत्वको लोकतान्त्रिक गठवन्धन ले नेपालको आर्थिक विकास गर्ने र त्यसको लागि जनताले निर्वाचनमा कांग्रेस लाई जिताउनु पर्ने बताएकी थिईन ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रदेस क्षेत्र १ का उम्मेदवार छिरिंग दोर्जे लामाले अवको नेपाल निर्माण गर्ने जिम्मेवारी युवाको भएको र आफु पनि सोहि युवा समुदायको प्रतिनिधि भएको बताएका थिए ।

प्रदेस क्षेत्र नं २ का उम्मेदवार विमल ठकुरीले बुबा चक्र बहादुर ठकुरीको योगदान स्मरण गर्दै सोहि विरासतलाई कायम राखेर जनताको सेवा गर्न राजनीतिमा होमिएको बताएका थिए ।

सो कार्यक्रममा प्रचार संयोजक कुमार राज सुवेदीले नेपालको आर्थिक विकास र समृदीका लागि लोकतान्त्रिक शक्ति को जित हुनु पर्ने बताएका थिए । उनले नेपालको द्रुत आर्थिक विकासको लागि राजनीतिमा संस्कार र व्यवहार दुवै जन पक्षीय हुनु पर्ने बताएका थिए ।

तपाइँको प्रतिक्रिया ।