टर्कीमा देशव्यापी आम हडताल ,सेना परिचालनको सम्भावना

एजेन्सी, ४ असार/ राजधानी स्तानबुलमा रहेको एउटा ऐतिहासिक पार्कलाई मासेर व्यापारिक भवन बनाउने सरकारको निर्णयको विरोधमा उर्लिएको आन्दोलनले टर्कीलाई द्वन्द्वतिर धकेलेको छ ।
Turky-ma
प्रदर्शनकारीले आन्दोलन नराकेपछि सरकारले सेना परिचालनको तयारी गरेको छ । विभिन्न अधिकारवादी संगठन र ट्रेड युनियनहरूले सरकारी निर्णय खारेजीको माग गर्दै स्तानबुलको तकसिम चोकमा बृहत् प्रदर्शनको तयारी गरेका छन् । प्रहरीले उनीहरूको प्रदर्शन रोक्न हजारौँ सेल अश्रुग्यास प्रहार गरेको छ ।

टर्कीका उपप्रधानमन्त्री बुलेन्ट एरिन्कले प्रदर्शन नरोकिए सेना परिचालन गर्ने चेतावनी दिइसकेका छन् । एक सरकारी टेलिभिजनसँगको अन्तर्वार्तामा उपप्रधानमन्त्री एरिन्कले प्रदर्शनकारीलाई तकसिम चोक छोड्न आग्रह गर्दै सेना परिचालनको चेतावनी दिएका हुन् । प्रदर्शनका क्रममा हालसम्म करिब चारजनाको मृत्यु भएको छ भने पाँच हजारभन्दा बढी प्रदर्शनकारी घाइते भएको बिबिसीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।