कपनमा सार्वजनिक सुनवाई कार्यक्रम हुने
कपन अनलाइनकपनमा रहेका सरकारी तथा सार्वजनिक संस्थाको काम कारवाहीका बारेमा यहाँका जनताको चासो तथा गुनासोको बारेमा जान्ने तथा त्यसको समाधानका लागि कपनमा सार्वजनिक सुनवाई कार्यक्रम हुने भएको छ । विश्व परिदृष्य नेपाल तथा कपन गाविस कार्यालयको संयूक्त रुपमा आयोजना गरिन लागेको कार्यक्रम भोलि असार ६ गते आयोजना गरिनेछ ।
कपन गाविस, कपन स्वास्थ्य चौकी, कपन प्रहरी, रेडक्रश सोसाइटीलगायत यहाँ रहेका सार्वजनिक संस्थाहरुका बारेमा कपनवासीको चासो तथा गुनासोलाई यस कार्यक्रमले संबोधन गर्ने कुरा कपन गाविसका सचिव लोमस आचार्यले कपन अनलाइनलाई बताए । कपन १ स्थिति उसु कुंफु क्वानमा दिउँसो १ बजेबाट शुरु हुने कार्यक्रममा सरोकारवाला कपनवासीले भाग लिन सक्नेछन् ।
तपाइँको प्रतिक्रिया ।