नेपालको भावी प्रधानमन्त्री पठाउने कि नपठाउने काठमाडौ क्षेत्र नं ५ को जिम्मा : केपी ओली

कपन अनलाइन 

काठमाडौ,कार्तिक २२

नेकपा एमालेका अध्यक्ष केपी ओलीले काठमाडौं क्षेत्र नं ५ का जनता संग देशको भावी प्रधानमन्त्री जिताएर पठाउने कि नपठाउने भनेर प्रश्न राखेका छन। वाम गठवन्धन को काठमाडौं क्षेत्र नं ५ निर्वाचन परिचालन कमिटि घोषणा कार्यक्रममा उनले यो प्रश्न राखेका हुन् ।

उनले काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधि सभा उम्मेदवार एमाले महासचिव ईश्वर पोखरेलको प्रसंशा गर्दै भने “ईश्वर पोखरेल कतै नाङ्लोमा नअटाएर, पोखिएर यहाँ आएको होइन । आफ्नो जीवनको अाधा शताब्दी अनेक कठिन समयहरूसँग जुधेर, निरंकुश राजतन्त्र, पञ्चायती शासनका कालरात्रीहरू, प्रतिक्रियावादीहरूले कम्युनिष्टका विरूध्द चलाएको दमनहरूलाई पराजित गरेर आएको एउटा योध्दा हो । यस्तो अनुभव, विकास गर्छु र जनताकै लागि मर्छु भन्ने संकल्प बोकेर यस ठाउँको विकास र समृद्धिको जिम्मा लिन्छु भन्ने व्यक्ति हो ईश्वर पोखरेल । ”

ओलीले आफ्नो सम्वोधनमा पोखरेल नेपालको राजनीतिक आन्दोलनमा अनवरत लागेको बताउदै अव उनको राजनीतिक उचाई देशको कार्यकारी प्रमुख बन्ने तर्फ अगाडी बढिसकेको बताएका थिए ।

एमाले अध्यक्ष ओलीले काठमाडौं क्षेत्र नं ५ का दुवै प्रदेस क्षेत्रमा युवा उम्मेदवार दिएको बताउदै अगिल्ला निर्वाचनमा पोखरेल पराजित हुन् आश्चर्यको कुरा रहेको बताए ।

काठमाडौं क्षेत्र नं ५ मा पोखरेल संगै प्रदेस १ मा नारायण सिलवाल र प्रदेस २ मा दिपक निरौला उम्मेदवार रहेका छन ।

तपाइँको प्रतिक्रिया ।