कपनका सुवाष राईको नाम लिदै के भने कुसुम कुमार कार्कीले ?

कपनका सुवाष राईको नाम लिदै के भने कुसुम कुमार कार्कीले ?

कपन अनलाइन 

काठमाडौ,कार्तिक २२ ।

बाम गठवन्धनका तर्फ बाट काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र नं २ का उम्मेदवार कुसुम कुमार कार्कीले कपनका सुवाष राईको नाम लिदै नेकपा माओवादीका सक्रिय नेता सहितको गठवन्धनले निर्वाचनमा जितको आधार बलियो बनाएको बताएका छन । उनले सबै बामपन्थी विचार राख्ने एक ठाउमा रहेर एकै झन्डा बोकेर हिडेको वेला आउने उर्जाले निर्वाचन अभियानको उचाई बढाएको बताएका छन ।

उनले सुवाष  राईको नाम प्रतिनिधि  मुलक रुपमा लिदै अहिले नेकपा माओवादी केन्द्र र अन्य वाम पन्थी दलको समर्थन र सक्रियताले निर्वाचन अभियान निकै प्रभावकारी बनेको बताएका थिए । बुनपा १० रुद्रमती चोकमा भएको कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

उनले यस पटक जसरी पनि बामपन्थी दलको नेतृत्वमा सरकार बन्नु पर्ने भन्दै प्रदेस क्षेत्र २ को पहिचान  हुने गरी आफुले १० वर्ष जनप्रतिनिधिको रुपमा प्राप्त गरेको अनुभव प्रयोग गर्ने बताएका थिए ।

उनले आफ्नो सम्बोधनका क्रममा बुनपा १३ चुनिखेललाई पर्यटकीय नगर बनाउने , आफ्नो क्षेत्रमा उत्पादन र आयमुलक कामको लागि औधोगिक क्षेत्र निर्माण , प्रसासनमा सुधार र सुसंस्कृत आचरणको विकासमा जोड दिएका थिए ।

कार्की नेपाल ह्युम पाइप एसोसियसन र हिमनदी पर्यटन सहकारीको अध्यक्ष समेत हुन् ।

तपाइँको प्रतिक्रिया ।