नेकपा एमालेको समानुपातिक सुचिमा काठमाडौं क्षेत्र नं ४ का नेता सुन्दर पुर्कुटी

नेकपा एमालेको समानुपातिक सुचिमा काठमाडौं क्षेत्र नं ४ का नेता सुन्दर पुर्कुटी

कपन अनलाइन 

काठमाडौ,कार्तिक २२ ।

नेकपा एमालेको तर्फबाट समानुपातिकमा बन्द सुचिमा काठमाडौं क्षेत्र नं ४ का नेता सुन्दर पुर्कुटी परेका छन ।उनि काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्रमा समानुपातिक तर्फको बन्द सुचिमा रहेका छन।

२०४५ साल मा नेकपा तत्कालीन माले नजिक रहेको उत्पीडित जातिय उथान मंन्चको सदस्यता लिई  राजनीतिक यात्रा सुरु गरेका पुर्कुटी नेपाल उत्पीडित जातिय मुक्ति समाजको काठमाडौ जिल्ला सचिव,अध्यक्ष ,केन्द्रीय सदस्य ,नेकपा एमालेको शाखा कमिटी सदस्य ,ईलाका कमिटी सदस्य ,ईलाका कमिटी सल्लाहकार ,क्षेत्रीय कमिटीको सदस्य ,जिल्ला कमिटीको सदस्य ,राष्ट्रिय प्रतिनिधि परिषदको सदस्य हुदै हाल नेकपा एमालेको ३ नं प्रदेश कमिटी रहेका छन ।

नेपाल उत्पीडित जातिय मुक्ति समाजको केन्द्रीय कमिटीको सचिवको जिम्मेवारी वहन गरिरहेको उनि  सामाजिक सेवा निरन्तरता दिई ४ नं क्षेत्रमा भुगोल लागि बिकास निर्माण सकृय रहेका छन ।

पुर्कुटीको सक्रियतामा भङ्गल,कालिकाचौरमा १२ वटा घर निर्माण गरि हस्तान्तरण गरिएको थियो भने उनि संग साविक महांकाल गाविसमा जनप्रतिनिधि भएको अनुभव पनि छ । स्थानीय तहको निर्वाचनमा एमाले बुढानिलकण्ठको चुनावी कमान्डर रहेका उनि हाल काठमाडौं क्षेत्र नं ४ को चुनावी सह कमान्डर रहेका छन ।

२०६७ शालमा उनले नेपाल सरकार स्थानीय संघीय तथा स्थानीय मन्त्रालय उपेक्षित उत्पीडित दलित बिकास समितिकोको कार्यकारणी निर्देशक को जिम्मेवारी पनि बहन गरेका थिए ।

 

तपाइँको प्रतिक्रिया ।