काठमाण्डौ जिल्ला योग खेलकुद संघ गठन

काठमाण्डौ जिल्ला योग खेलकुद संघ गठन

कपन अनलाइन 

काठमाडौ,कार्तिक २१

विश्वमा योग शिक्षाको महत्व दिनानु दिन बढ्दै जादा काठमाण्डौ जिल्लामा पनि जिल्ला योग खेलकुद संघ गठन भएको छ । जिल्ला खेल्कुद बिकास समितिको कार्यालयमा सम्पन्न भेलाले नवराज फुयालको अध्यक्षतामा १३ सदस्यिय समिती निर्माण गरेको हो ।

संघको प्रथम उपाध्यक्षमा शंकरराज न्यौपाने द्वितिय उपाध्यक्षमा मिन बहादुर श्रेष्ठ , सचिवमा लक्ष्मी भट्टराई त्यसैगरी कोषाध्यक्षमा अमला नेपाल र सदस्यहरुमा गोकर्ण डङ्गोल, बिदुर फुयाल, नविन कुमार मिश्र, शोभा न्यौपाने, सोमनाथ शर्मा, नविनजङ्ग कार्की, उमेश खड्का र बुद्दिकुमार श्रेष्ठ  रहेका  छन  ।

राष्ट्रिय खेलकुद परिषदमा समेत सदस्य रहेको नेपाल योग खेलकुद संघले काठमाण्डौ जिल्लामा पनि आफ्नो योग खेलकुद बिकासको लागी जिल्ला खेलकुद योग संघ गठन गरेको हो । नेपाल योग खेलकुद संघको केन्दृय सदस्य दिपककुमार शर्माको सम्योंजकत्वमा सम्पन्न भेलामा प्रमुख अतिथिको रुपमा केन्द्रिय अध्यक्ष डा.सुर्यबहादुर कार्कीको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै डा. कार्किले नेपालमा एक वर्ष भित्र १५ जिल्लामा जिल्ला संघ गठन गरि योग र प्राकृतिक शिक्षालाई प्रत्येक घर घरमा मानिसको दैनिकि सङ्ग जोड्ने प्रयासको थालनी भैसकेको बताउदै अब शहरी क्षेत्रका सबै क्षेत्रमा योग खेलकुद शिक्षा अनिवार्य भईसकेको कुरालाई जोड दिनुभयो । महासचिव चुडामनी खनालले बिध्यालय शिक्षामा समेत योग खेलकुदलाई पुर्‍याउनका लागी पाठ्यक्रम समेत निर्माण भएर कार्यान्वयनमा लैजाने तयारी भईरहेको बताए ।

नवनिर्वाचित जिल्ला अध्यक्ष नवराज फुयालले योग खेलकुद शिक्षालाई ब्यवसायिक र बैज्ञानिक शिक्षाको रुपमा आम जनमासमा पुर्‍याईने बताए । कार्यक्रममा बोल्दै केन्द्रीय कोषाध्यक्ष मिनराज डाङीले योग खेलकुद शिक्षाको महत्व र आवस्यक्ताको बारे प्रट्याउनुभएको थियो । केन्द्रिय सदस्य दिलिप कुमार बिस्टको पनि उपस्थिती रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।