मेरो नजरमा साधुराम खड्का

मेरो नजरमा साधुराम खड्का

कपन अनलाइन 

काठमाडौ,कार्तिक २२/विचार /बद्री भट्टराई

२०२६ साल भाद्र १० गते काठमाडौंको हात्तिगौंडा जन्मिएका खड्का साधारण किसान परिवारका सदस्य हुन । १७ वर्षका कलिलो उमेरमा नै पञ्चायत र निरंकुशताका विरुद्धमा मैदानमा उत्रिदै सत्याग्रहमा सहभागी उनि काठमाडौंका लोकतान्त्रीक आन्दोलनकर्ताहरुका उदाहरणीय व्यक्ति हुन । नेविसंघको सक्रिय राजनीति मार्फत विद्यार्थीहरुको नेतृत्व गर्दै उनि २०४७ शालमा  केन्द्रीय कार्यालयका सचिव समेत रहेका थिए ।

अर्थशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका खड्का अत्यन्त अध्यनशिल नेताका रुपमा परिचित रहेका छन ।  २०४२ सालको सत्याग्रह आन्दोलनमा लौह पूरष वीरगणेशमान सिंह, सन्त नेता कृष्णप्रसदा भट्टराई देखी हाल काँग्रेसका प्रभावशाली नेता रहेका वालकृष्ण खाँड, वलदेव शर्मा मजगैया, प्रदिप गिरी, नरहरी आचार्य लगायतका नेताहरु संग पटक पटक गरेर १५ महिना भन्दा कारावास सजाय समेत भोगिसकेका  छन ।

२०४८ साल देखी नै पार्टीको विभिन्न पदमा निर्वाचित रहदै आएका खड्का हरेक अधिवेशनमा काँग्रेसको महाविधेशन प्रतिनिधी, महासमिति सदस्य चुनिएका छन । नेपाली काँग्रेसमा महासमिति र महाधिवेशन प्रतिनिधीको पदलाई प्रभावशाली पदका रुपमा लिने गरिएको छ । २०५७ क्षेत्रीय सभापतिको समेत जिम्मेवारी बहन गरिसकेका  खड्का कहिल्यै पनि लाभको पदको पछाडी लागेनन । नेपाली काँग्रेसको लोकतान्त्रीक विचार र आर्थिक समृद्धिका पक्षमा वकालत गरेर हिड्का साधुराम खड्कालाई नेपाली काँग्रेस क्षेत्र नं ४ को सिफारिसमा पार्टीले उम्मेदावार बनाए पछि सबैतिर एउटै आवज गुञ्जिएको थियो , साधुराम खड्कालाई न्याय मिल्यो !

वर्तमान राजनीतिमा देखिएको विकृति , विसंगती  र आर्थिक प्रभावलाई मतदाताले वैचारीक रुपमा कहिकतै पनि स्विकार गरेको देखिदैन । राजनीतिमा सादगी र समपर्णले पनि ठुलो स्थान पाएको हुन्छ , पार्टीले उम्मेदावार बनाउदा न्याय मिल्यो भन्ने आवजलाई स्थानीय मतदाताहरुले  के गर्लान यो भने मतदाताको मतमा निर्भर रहने छ ।

नेपाली राजनीतिमा समकालनि नेता र प्रतिस्पर्धीहरुलाई भद्दा गाली गरेर पद हत्याउन खोज्नेहरुका विचमा काठमाडौ क्षेत्र नं ४ बाट  उम्मेदवार बनेका सबै दलका  नेताहरुलाई लेखकको  आग्रह व्यक्ति को जित्छ को हार्छ त्यो नियमित प्रक्रिया हो तर राजनीति र संस्कार नहारोस । धन्यवाद

नेपाली काँग्रेस क्षेत्र नं ४ प्रदेश ख बाट प्रत्यक्ष तर्फका उम्मेदवार रहेका साधुराम खड्का उत्तरपूर्वी भेगका मात्र नभई समकालिन राजनीतिमा काठमाडौं जिल्लाकै प्रभावशाली व्यक्ति हुन । लामो राजनैतिक यात्रा तथा अविचलित यात्रा उनको प्रभावको पहिलो र महत्वपूर्ण परिचय हो ।

साविक महाकाल गाविस हाल वडा नं ८ मा स्थायी बसोबास रहेको उनि लोकतान्त्रीक आन्दोलनका संघषर्शिल व्यक्ति हुन । नेपाली राजनीतिमा अधिकांश नेताहरु आफ्नै स्थान र क्षेत्रमा कमजोर देखिएको सन्दर्भमा  खड्का अपवादका पात्र समेत रहेका छन । उनलाई आफ्नो पार्टी नेपाली काँग्रेसमात्र नभई  अन्य दल तथा समर्थकहरुको पनि उत्तिकै सहानुभुति र सद्भाव रहेको कसैबाट लुकेको छैन ।

वर्तमान राजनीतिमा देखिएको भ्रष्टाचारीता, नातावाद र कृपावाद संगै उब्जियका गैरराजनैतिक व्यक्तिहरुको हावीलाई साधुराम खड्का जस्ताव्यक्तिहरुको आगमन अत्यन्त कष्टकर सावित हुने पक्का छ । कुनै पार्टी विेशष वा व्यक्ति विशेषको आरोप भन्दा माथी रहेर आफ्नो लोकतान्त्रीक आस्था र विचारलाई केन्द्रमा राखेर निर्वाचनको प्रचारमा जुटेका खड्काको सादगी र सलरताले मतदाताको मन जित्न सक्छ वा सक्दैन यसको नतिजा केहि दिन पछि पक्का थाहा हुनेछ । कम्तिमा यति अनुमान लगाउन सकिन्छ । विजय वा पराजय साधुराम खड्काका लागि स्वाभाविक विषय हुन ।  तर हार जित जे भए पनि उनको अविचलित राजनीति सक्रिय रहने छ ।

तपाइँको प्रतिक्रिया ।