बुनपा १३ चुनिखेलमा भेटघाटमा डा. राजन भट्टराई

कपन अनलाइन 

काठमाडौ,कार्तिक २०।

नेकपा एमालेका तर्फ बाट काठमाडौं क्षेत्र नं ४ का उम्मेदवार डा. राजन भट्टराई आज बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा भेटघाटमा व्यस्त रहेका छन।

आफ्नो चुनावी प्रचार अभियानमा भट्टराई साविक चुनिखेलका स्थानीय जनता र आफ्ना कार्यकर्ता संग भेटघाट गरेका हुन।अनौपचारिक भेटघाटलाई पछिल्लो चरणमा प्राथमिकता दिएका उनले स्थानीय संग त्यहाका समस्या र जनताले भोगेका दुखको वारेमा जिज्ञासा राखेका थिए ।

प्राचिन महत्व बोकेको चुनिखेल सांस्कृतिक र प्राकृतिक महत्व बोकेको स्थान भएको बताउदै भट्टराईले आफ्नो विकास योजनामा यस क्षेत्रलाई निकै महत्व दिएको बताएका थिए ।  वडा नं १३ का जनप्रतिनिधि आफ्ना दुत भएकोले उनीहरु मार्फत काम गर्ने उनले उक्त भेटघाटमा बताएका थिए ।

 

तपाइँको प्रतिक्रिया ।