बुनपा १० मा घर दैलो गर्दै गगन थापा

बुनपा १० मा  घर दैलो गर्दै गगन थापा

कपन अनलाइन 

काठमाडौं ,कार्तिक २०।

नेपाली कांग्रेसको तर्फ बाट काठमाडौं क्षेत्र नं ४ का उम्मेदवार गगन थापा अहिले आफ्नो निर्वाचन प्रचार प्रसारको क्रममा घर दैलो अभियानमा रहेका छन।

आज कार्तिक २० गते उनि बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा घर दैलो अभियानमा रहेका छन । बिहानी शत्रमा  वडा नं १० को माथिल्लो भेग र दिवा शत्रमा  तल्लो भाग केन्द्रित प्रचार अभियान संचालन भएको बुनपा १० प्रचार संयोजक राम प्रसाद लुइटेलले बताए ।

थापा संगै प्रचार अभियानमा प्रदेस क्षेत्रका उम्मेद्वार साधुराम खड्का पनि सामेल रहेका छन।काठमाडौं क्षेत्र नं ४ मा सबै भन्दा धेरै मतदाता रहेको वडा नं १० चुनावी नतिजामा असर पर्न सक्ने वडा रहेकोले पनि धेरै उम्मेदवारहरुले निकै महत्व दिएका छन।

फोटो सौजन्य : देवी प्रसाद  मिश्र

 

तपाइँको प्रतिक्रिया ।