निरास कपन फकाउदै नेताहरु

निरास कपन फकाउदै नेताहरु

कपन अनलाइन 

काठमाडौ,कार्तिक २० ।

काठमाडौं क्षेत्र नं ४ को प्रतिनिधि सभा र प्रदेस क्षेत्रमा उम्मेदवार बनेका सबै पार्टीका नेताहरुले अहिले आफ्नो निर्वाचन अभियानमा कपनलाई केन्द्र राखेका छन । ति नेताहरु अहिले कपन फकाउने कसरत र मेहनतमा लागेका छन । क्षेत्रका अन्य  स्थानमा तालिका रहे पनि त्यसलाई मिलाएर ति नेताहरु कम्तिमा दिनको एक पटक औपचारिक अनौपचारिक कार्यक्रमहरुमा कपन आइरहेका छन । नेताहरुको यो कपन केन्द्रित दौडधुप निकै अर्थपूर्ण र आवस्यक रहेको छ किनकी त्यसका पछाडी केहि कारणहरु रहेका छन ।

यस प्रसग उठाउदा गत बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचन सम्झनु पर्ने हुन्छ जसमा नगरपालिका प्रमुखमा कपनका पुराना र दिग्गज नेताहरुले दावी गरेका थिए । त्यस समय नगरपालिकामा निर्णायक मत भएको कपनले टिकट प्राप्त गर्नेमा ति नेताहरु ढुक्क थिए र त्यो निस्चिन्तिताताको झल्को उनीहरुको अनुहारमा र बोलीमा झल्किन्थ्यो ।तर अन्तिम समयमा नेपाली कांग्रेस बाट राजु श्रेष्ठ ,नेकपा एमाले बाट उद्दव खरेल र नेकपा माओवादी बाट उम्मेदवार बनेपछि कपनका नेताहरुको नगर प्रमुख बन्ने सपनामा तुसारापात भएको थियो ।

त्यस पश्चात राजनीतिको निर्मम निर्णय स्वीकार्दै कपनका नेताहरु पुन निर्वाचन अभियानमा होमिएका थिए । त्यस समय उनीहरुले कपनका जनतालाई आउने प्रदेस र प्रतिनिधि सभाको निर्वाचनमा कपनको प्रतिनिधित्व हुने भन्दै फकाएका थिए । उनीहरुले त्यस समय प्रदेस र प्रतिनिधि सभामा कपन बाट नै उम्मेदवार बन्नेमा ढुक्क हुन् भन्दै आफ्नो पार्टीको लागि मत माग्नुका साथै जनतालाई विविध किसिमका आस्वासन पनि प्रदान गरेका थिए । स्थानीय नेताहरुको यस कुरालाई कपनका जनताले मानेका थिए जस कारणले गर्दा स्थानीय तहको निर्वाचनमा कपनका जनताको उत्साह पूर्ण सहभागिता रहेको थियो ।

तर २०७४ कार्तिक १६ गते बिहान सवेरै कपनका जनता र नेताहरुको सोच र उर्जामा एक पटक पुन बज्रपात भयो किनकी काठमाडौं क्षेत्र नं ४ मा नेपाली कांग्रेसका गगन थापा र नेकपा एमालेका डा. राजन भट्टराईले टिकट प्राप्त गरे भने कपन रहेको प्रदेस क्षेत्र २ मा नेपाली कांग्रेसका साधुराम खडका र नेकाप एमालेका कुसुम कुमार कार्कीले टिकट प्राप्त गरे ।

यो टिकट निर्क्यौल भए संगै कपन एक पटक पुन निरास बन्यो । यस पटक यहाका स्थानीय नेतृत्व संग जनता सम्झाउन न कुनै उचित कारण थियो न कुनै नया सम्भावना थियो । यस समय मुर्झाएको कपनको आभालाई पुन जीवित बनाउने तर्क र तथ्य कुनै पनि नेतासंग थिएन किनकी स्वयं कपनका अगुवा नेताहरु जो टिकटको दौडमा थिए तिनै निरास र उदास थिए ।

यो निरासा एकदमै स्वाभाविक भएको कपनका एक बुद्दिजिविको विश्लेष्ण छ । उनि भन्छन यो निरासा एक दम सहि छ किनकी कपनको मत यहाँ हुने हरेक निर्वाचनको लागि निर्णायक मत हो जुन मतको कदर नभएको महसुस यहाका नेता र जनता दुबैले गरेका छन ।यसले कपनको मनोविज्ञानमा नकारात्मक असर गरेको उनको ठम्याई छ ।

अहिले जनता भन्दा पनि कपनका नेताहरु अफ्ट्यारोमा परेका छन किनकी अव कपनका जनताहरुलाई फकाउन उनीहरु संग कनै प्रभावकारी तर्क बाकि रहेको छैन । अव कपनको प्रतिनिधि बनाउन कम्तिमा ५ वर्ष पर्खिनु पर्ने बाध्यता छ ।

प्रत्यक्ष निर्वाचनमा आफ्नो प्रतिनिधि नपाएको कपनले कम्तिमा एउटा दल बाट भए पनि समानुपातिक प्रतिनिधि हुन् सक्ने आकलन र अनुमान गरिएको एक स्थानीय नेताले बताए तर त्यो सम्भावना अन्त्य बनिसकेको छ ।कपनलाई आधार बनाएर राजनीति गर्ने कनै पनि नेता समानुपातिक सुचिमा परेका छैनन् ।

त्यसैले अहिले निरास बनेको कपनलाई केन्द्र विन्दुमा राखेर निर्वाचनमा उम्मेदवार बनेका नेताहरु आफ्ना गतिविधि गरिरहेका छन । अहिले कपनमा मत माग्न आउने प्रत्येक नेताहरुले सामना गर्नु पर्ने प्रश्न कपनको प्रतिनिधित्व किन भएन? भन्ने रहेको छ । यसलाई उनीहरुले कसरी समाधान गर्छन?त्यो भने आगामी दिनमा देख्न सकिने छ ।

यो प्रश्न केवल कपनका जनतामा मात्र छैन यो यहाका नेताहरुमा पनि रहेको उनीहरुको प्रस्तुति र कुराकानीमा प्रस्ट देखिन्छ । यहाका नेताहरुले उनीहरुको राजनीतिक काबुलियत र क्षेमता माथि नै उठेको प्रश्नको जवाफ दिन नसकिरहेको यो अवस्थामा घट्दो क्रममा रहेको उनीहरुको उर्जाले यहाको निर्वाचन परिणाममा असर पर्ने देखिन्छ ।

निर्वाचनमा मत माग्ने क्रम चलिरहदा उम्मेदवारहरुले स्थानीय नेताहरुलाई त् जुन सुकै किसिमबाट परिचालित गर्ने वातावरण बनाउलान तर यहाका जनतालाई कस्तो तर्क र तथ्यले उनीहरुले फकाउन सक्छन त्यसले निर्वाचन परिणाममा नकारात्मक वा सकारात्मक असर गर्नेछ भन्ने आगामी मंग्सिर २१ गते थाहा हुनेछ ।

 

 

तपाइँको प्रतिक्रिया ।