जनतालाई खादा लगाउदै आफुलाई मत माग्दै दिपक निरौला

कपन अनलाइन 

काठमाडौ,कार्तिक २०।

काठमाडौं क्षेत्र नं ५ प्रदेस क्षेत्र २ मा नेकपा एमाले बाट उम्मेदवार बनेका दिपक निरौलाले मत माग्ने नौलो तरिका निकालेका छन ।प्राय स्थानमा नेताहरु मत माग्न जादा जनताले माला खादा लगाएर स्वागत गर्दछन तर यस क्षेत्रमा निरौलाले ठिक त्यसको उल्टो गरेका छन। उनले आफु मत माग्न हिडीरहदा स्थानीय जनतालाई आफु संग रहेको माला खादा लगाइदिने गरेका छन ।

यस प्रसंगमा प्रश्न गर्दा उनले अवको समयमा नेता भन्दा जनता मुख्य र सम्मानित रहेको र  आफु जनताको  सेवक भएकोले खादा र मालाको सम्मान जनतालाई दिएको बताए ।उनले जनता जनार्दन रहेको र उनीहरु नै हरेक नेताको देवता रहेको बताए ।

नेकपा एमाले काठमाडौं जिल्ला कमिटिको सचिवालय सदस्य र बुढानिलकण्ठ नगर कमिटिको संयोजक रहेका निरौलाको जन्म  २०३१ शाल  भाद्र ८ गते भएको हो ।

निरौला को राजनितिक जिवन विद्यार्थी राजनिती बाट सुरुवात भएको थियो । २०४६ सालमा  अनेरास्ववियुको सम्पर्कमा रही २०४६ सालको बहुदलिय जनआन्दोलनमा विद्यार्थीको  रुपमा सक्रीय भूमिका निर्वाह गरेका थिए ।

२०४७ साल मा जे .पी स्कूलको साझा फोरमको अध्यक्ष रहेका उनि २०४८ साल  नेपाल ल क्याम्पसको अनेरास्ववियु सह प्राक सदस्य रहेका थिए भने  त्यस पश्चात अनेरास्ववियु प्रारम्भिक कमिटीमा सदस्य बनेका थिए । २०४९ सालमा नेपाल ल क्याम्पसको स्ववियु सदस्य निर्वाचित भएका थिए ।

२०५५मा स्ववियुको उपसभापतीमा उम्मेद्वारी दिए पश्चात निरौलाले अनेरास्ववियु काठमाडौं जिल्ला सदस्य ,कोषाध्यक्ष  ,बागमती अंचल सचिव हुँदै अनेरास्ववियुको राष्ट्रीय परिषदको सद्स्य बनेका थिए ।केहि समय उनले युवा संघ नेपालको उपत्यका कमिटि सदस्यको भूमिका पनि निर्वाह गरेका थिए ।

२०४९ सालमा तत्कालिन गाँउ बिकास समितीहरु मिलेर बनेकोको काठमाडौं क्षेत्र न. २ ख ईलाका कमिटी उप सचिव , काठमाडौं ३ नं  बिशेष जिल्ला कमिटी सदस्यको रुपमा राजनीतिमा सक्रिय रहेका थिए ।

१९ बर्षको उमेरमा  २०५१ शालमा जिल्ला सद्स्य बनेका निरौला युवा अवस्थामा नै राजनीतिमा स्थापित बन्न सफल भएका थिए ।

उनि राजनीतिक यात्राको क्रममा २०६० शाल मंसिर २९ गते मसाल जुलुसको क्रममा गणेश चोक बाट गिरफ्तारीमा परी १५ दिन सम्म हिरासतमा परेका थिए ।तत्कालिन निरङ्कुश राजसंस्थाको बिरुद्ध २०६१-६२ को जन आन्दोलनमा सक्रीय भूमिका निर्वाह गरेका निरौला २०६६ सालमा काठमाडौं जिल्ला कमिटीका सद्स्य ,सचिवालय सद्स्य ,संगठन बिभाग सद्स्य हुँदै बूढानिलकण्ठ  नगर कमिटि पहिलो संयोजकको रुपमा क्रियाशिल छन । हाल उनि एमाले काठमाडौं जिल्ला कमिटिको प्रचार बिभाग प्रमुख् समेत रहेका छन ।

काठमाडौं क्षेत्र नं ५  प्रदेस -२ का वासिन्दा निरौला आफ्नो क्षेत्रको प्राकृतिक सम्पदा ,सांस्कृतिक सम्पदा र यहाको जमिन र जंगलको भरपुर उपयोग गर्दै क्षेत्रलाई विकासको नमुना केन्द्र बनाउने उदेश्यका साथ निर्वाचनमा खडा भएको बताउछन ।

तपाइँको प्रतिक्रिया ।