रामेश्वर फुयाल पहिले बाबु अहिले छोरा संग चुनाव लड्दै

रामेश्वर फुयाल पहिले बाबु अहिले छोरा संग चुनाव लड्दै

कपन अनलाइन 

काठमाडौ,कार्तिक १७।

काठमाडौं क्षेत्र नं ३ को प्रदेस क्षेत्र नं २ मा आसन्न निर्वाचनमा नेकपा एमालेको तर्फ बाट रामेश्वर फुयाल र नेपाली कांग्रेसको तर्फ बाट बिमल ठकुरी उम्मेदवार बनेका छन ।

फुयाल यस अगि काठमाडौं क्षेत्र नं ३ को सांसद रहेका थिए भने यो निर्वाचनमा उनि प्रदेस क्षेत्र तर्फ उम्मेदवार बनेका छन । २०६४ र २०७० शालको संविधान सभाको निर्वाचन लडेका फुयाल ६४ मा पराजित बनेका थिए भने २०७० शालको निर्वाचनमा विजयी बनेका थिए । यी दुवै निर्वाचनमा उनि नेपाली कांग्रेसका लोकप्रिय नेता चक्र बहादुर ठकुरी संग निर्वाचन लडेका थिए ।उनि  एक निर्वाचनमामा पराजित र एकमा विजयी बनेका थिए । चक्र बहादुर ठकुरीको २०७२ शालको महाभूकम्पको समयमा निधन भएको थियो ।

                                                                             नेपाली कांग्रेसका उम्मेद्वार  बिमल ठकुरी

यस क्षेत्रमा अहिले नेपाली कांग्रेसले उनी चक्र बहादुर ठकुरीका पुत्र विमल ठकुरीलाई उम्मेदवार बनाएको छ । ठकुरी नेपाली कांग्रेसको युवा राजनीति र विविध गतिविधिमा सक्रिय रहेका छन ।ठकुरीले आफ्ना प्रारम्भिक चुनावी सम्बोधनमा बाबुले सुरु गरेका कामहरुलाई पूर्ण बनाउने र उनैको कल्पना र सपना अनुसारको क्षेत्र बनाउने बताउदै आएका छन ।

फुयालले आफ्ना चुनावी सम्बोधनमा आफुले सुरु गरेका काम पुरा गर्ने र क्षेत्रको विकासमा ध्यान दिने बताएका छन ।

एक प्रौड राजनीतिज्ञ र युवा राजनीतिज्ञ विचको यो चुनावी प्रतिस्पर्धालाई अहिले निकै चासो र रुचिका साथ हेरिएको छ । फुयालले आफ्नो राजनीतिक जीवनमा बाबु र छोरा संग निर्वाचन लड्ने दुर्लभ अवसर पाएका छन ।यस क्षेत्र को परिणामको अनुमान गर्न कठिन भएता पनि यस क्षेत्रमा चुनावी दौड र अभियान रोचक हुने अनुमान भने गर्न सकिन्छ ।

तपाइँको प्रतिक्रिया ।