२० वर्ष पछी फेरी प्रत्यक्ष निर्वाचन लड्दै कृष्ण राई

२० वर्ष पछी फेरी प्रत्यक्ष निर्वाचन लड्दै कृष्ण राई

कपन अनलाइन 

काठमाडौ,कार्तिक १७ ।

यहि मंग्सिर २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं क्षेत्र नं ३ बाट नेकपा एमालेका काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राई उम्मेदवार बनेका छन ।

उनि २०५४ शालको स्थानीय निकायको निर्वाचनमा साविक जोरपाटी गाविसको उपाध्यक्षमा निर्वाचन लडेर विजयी बनेका राई पुन २० वर्ष पछी संसदीय प्रतिस्पर्धामा उत्रिएका छन ।

सांस्कृतिक आन्दोलनको पृष्टभुमि बाट भूगोलको राजनीतिमा प्रवेस गरेका राई काठमाडौं जिल्लाको संगठन विस्तारमा सकृय रहेर यहाको एमालेको पार्टी पंक्तिमा चर्चित नेता हुन।  उनले नेकपा एमाले काठमाडौं जिल्लमा करिव २ दशक काम गरेका छन ।

स्थनीय तहको निर्वाचनमा नेकपा एमालेलाई सानदार जित दिलाउन नेतृत्व गरेका राईले चुनाव दौरानमा काठमाडौं महानगरको कमाण्ड सम्हालेका थिए ।मार्क्सवाद र कम्युनिस्ट आन्दोलनको गहिरो अध्ययन गरेका राई पत्रकारिताका विद्यार्थी हुन् ।

काठमाडौं क्षेत्र नं ३ को भौतिक ,आर्थिक,सामाजिक र शैक्षिक विकासलाई आफ्नो मूल चुनावी मुद्दा बताउने राईले नेपालमा जातीय आन्दोलन चल्दा त्यसको खिलाफ उभिएर आफ्नो अलग्गै पहिचान स्थापित गरेका थिए ।

 

तपाइँको प्रतिक्रिया ।