चुनावी मैदानमा साधुराम खड्का र कुसुम कुमार कार्की

कपन अनलाइन 

काठमाडौ,कार्तिक १७।

काठमाडौं क्षेत्र नं ४ को प्रदेस क्षेत्र -२ मा नेपाली कांग्रेसका साधुराम खड्का र नेकपा एमालेका कुसुम कुमार कार्की चुनावी मैदानमा ओर्लेका छन । समान भूगोल र पृष्टभूमिका यी दुई बौद्धिक नेताहरु विचको चुनावी प्रस्तिस्पर्धा अहिले यस प्रदेस क्षेत्रमा चर्चा र चासोको विषय बनेको छ ।

साधुराम खड्का

कुसुम कुमार कार्की को बसोवास भएको स्थान बाट केहि सय मिटरको फरकमा रहेका साधुराम खड्का पाली कांग्रेसको स्थानीय राजनीतिमा लामो समय देखि निरन्तर क्रियाशील खड्का यस क्षेत्रमा तल्लो तह देखि काम गरेका स्थानीय नेता हुन् भने एमाले नेता कार्की २०४९ शालको स्थानीय निकायको निर्वाचनमा  करिव २५ वर्षको उमेरमा तत्कालिन महांकाल गाविसको उपाध्यक्ष रहेका कार्की २०५४ शालको निर्वाचनमा गाविस अध्यक्ष निर्वाचित भएका नेता हुन्  ।

कुसुम कुमार कार्की

कार्कीलेले आफ्नो राजनीतिक जीवनमा तत्कालिन  इलाका कमिटि , गाउ कमिटि हुदै काठमाडौं क्षेत्र नं ४ को अध्यक्षको रुपमा २ कार्यकाल नेतृत्व गरेका थिए भने खड्काले ०४२ शालको सत्याग्रह बाट आफ्नो राजनीतिक जीवनलाई गती दिएका खड्का सो समय राज्य बाट गिरफ्तार भै ५ महिना सिनेटर जेल र ५ महिना नक्खु जेलमा जेल जीवन बिताएका थिए ।

हाल बुढानिलकण्ठ  नगरपालिकामा पर्ने साविक महांकाल र चपली गाविसका बौद्धिक वर्ग  र युवाहरु माझ लोकप्रिय रहेका दुवै उम्मेदवारहरु विचको प्रतिस्पर्धा निकै रोचक हुने च्गर्चा चलिरहेको वेला उनीहरुको मत परिणाममा साविक चुनिखेल र कपन गाविसले निकै ठुलो भूमिका खेल्ने देखिन्छ । वर्तमान अवस्थामा दुवै उम्मेदवारहरुको पारिवारिक पृष्टभूमि ,संजाल र प्रभाव एकै स्थानमा रहेको छ भने उनीहरुको राजनीतिक मैदान पनि समान रहेको छ ।

यो चुनावी प्रतिस्पर्धामा अव जुन उम्मेदवारले अहिले निरास बनेको कपन र यसमा रहेका ३ वटा वडाहरुको मत आफ्नो पक्षमा पार्न सक्छ उसैले विजयी यात्रा तय गर्ने देखिन्छ ।कार्यकर्ता स्तरमा दुवै नेता साविक कपन संग परिचित रहेका छन तर जन स्तरमा उनीहरु कपनका हरेक मतदाता संग कसरी पुग्छन त्यसैले उनीहरुको राजनीतिक भविष्य निर्धारण गर्ने अनुमान गर्न सकिन्छ ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।