४४ दलले भोली नेपाल बन्द गर्ने

काठमाडौं, १ असार
कपन अनलाइनअन्तरिम मन्त्रि परिषद्ले गरेको निर्वाचन घोषणा सम्बन्धी विषयलाई लिएर ने.क.पा–माओवादी सहितका ४४ दलले भोलि नेपाल बन्द गर्ने घोषणा गरेका छन् । उनिहरुले आज  राजधानी लगायत देशभरका विभिन्न चोकहरुमा कोण सभाको आयोजना गरी उक्त कुरा सार्वजैनिक गरेका हुन ।
अन्तरिम मन्त्री परिषदले  मंसीर ४ गते गर्ने भनिएको दोस्रो संविधान सभा निर्वाचन लाई राजाले गरेको निर्वाचनको संज्ञा दिदै सरकार गठन देखि नै आफ्नो विमती राख्दै आएका दलहरुले भोली नेपाल बन्द गर्न लागेका हुन् । यसै क्रममा आज साँझ चावहिल चोक,  कलंकी , कालीमाटी लगायतका स्थानहरुमा कोण सभाको आयोजना गरेको थियो उक्त कोणसभाले गर्दा सो क्षेत्रको ट्राफिक अवस्था अस्तव्यस्त भएको देखिन्थ्यो ।
भोलीको बन्द   कार्यक्रमको बारेमा जानकारी दिदै ने.का .पा –माओवादीका क्षेत्रिय सचिव राजेन्द्र महरनले नेपाल बन्द अत्यन्त शान्तिपूर्ण हुने र सो बन्दले एम्बुलेन्स,  मिडिया ,  पर्यटक बोक्ने गाडी  खानेपानी , फोहरका लगायतका आकस्मिक सेवाका सबै सधानहरु निर्वाध रुपमा चल्न दिने व्यवस्था मिलाइएको बताए । साथै आगमी कार्यक्रम भोलीको बन्द पछि घोषणा गरिने जानकारी पनि कपन अनलाईन लाई बताए ।

तपाइँको प्रतिक्रिया ।