नवोदय बहुउद्देशिय सहकारी संस्थाको दशौं साधारण सभा तथा चौंथो अधिबेसन सम्पन
कपन अनलाइन
काठमाडौ,कार्तिक १२।
नवोदय बहुउद्देशिय सहकारी संस्थाले २०३७-०७४को वार्षिक साधारण सभा बुढानिलकण्ठ नगरपलिकाका प्रमुख उद्दव प्रसाद खरेलको प्रमुख आतित्यता र बुनपा १२ का वडा अध्यक्ष शम्भु प्रसाद भट्टराई तथा इन्दावती गाउंपालिका वडा नं ९ का अध्यक्ष बाबुराम लामा र बुनपा १२ का सदस्यहरुको उपस्थितिमा सम्पन्न भएको छ ।
उत्त साधारण सभाले सस्थाको ०७३-०७४ को आय ब्यबा बिबाराण पारित गरेको छ । उत्त सभामा अध्यक्षको प्रतिबेदन लेखा समितिको प्रतिबेदन र आर्ठीक प्रतिबेदन र र २०७४-०७५ को लागी विभिन्न योजना छलफल सहित पारित गरेको छ ।
सो साधारण सभा ले आगामी ३ बर्षको लागि संचालक समिती लेखा समिती पनि चयन गरेको छ ।
सो संस्थाको संचालका समितिमा अध्यक्ष राजन आचार्य ,उपाध्यक्ष कृष्णमणी सापकोटा, सचिव नेत्र आचार्य, कोषाध्यक्ष बिष्णु प्रसाद भट्टराई र सदस्यहरुमा बद्री प्रसाद नेपाल, रामहरी पराजुलिर नबिन आचार्य निर्वाचित भएका छन ।
लेखा सुपरिवेक्षण समितिमा गणेश प्रसाद भट्टराई संयोजक , भरत गुरागाइ र बिश्वराज धिताल सदस्य निवाचित भएको छ ।
सो साधाराण सभामा स्थानीय निर्वाचनमा निर्वाचित बुनपका प्रमुख उद्दव खरेल, सस्था का सदस्य समेत रहेका शम्भु प्रसाद भट्टराई र बाबुराम लामा र बुनपा १२का वडा सदस्यहरुलाई निवर्तमान अध्यक्ष नारायण बाहदुर भुजेलले सम्मान गरेका थिए।
फोटो सौजन्य :बिष्णु भट्टराई