सुनचाँदी पसल आजपनि बन्द

काठमाडौं, ३१ जेठ/ नेपाल सुनचाँदी व्यवसायी महासंघको आह्वानमा देशभरका सुनचाँदी पसल अनिश्चित समयसम्मका लागि बन्द भएका छन् ।

अस्तिदेखि व्यवसाय बन्द गरेका व्यवसायीले आज तेस्रो दिन पनि पसल बन्द गरेका हुन् । सरकारले सुनचाँदी व्यवसायलाई धरासायी बनाउने उदेश्यले सुनचादी पसलमा छापा मार्ने, हचुवाको भरमा व्यवसायीमाथी मुद्दा चलाइएको भन्दै व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।

महासंघले अध्यक्ष मणिक रत्न शाक्य सहित व्यवसायीहरू माथि लगाएको मुद्धा फिर्ता लिनुपर्ने, माग अनुसार सुनको आपुर्ति बढाउनुपर्ने लगायतका माग राख्दै आन्दोलन सुरु गरेको हो । आफना मागसुनचादी पसलहरू पूरा नभएसम्म आन्दोलन जारी राख्ने व्यावसायीहरूले बताएका छन् ।

तपाइँको प्रतिक्रिया ।