कोलोराडोमा आगलागीमा दुईजनाको मृत्यु

बसन्त पाठक कोलोराडो  अमेरिका , ३१ जेठ/ अमेरिकाको कोलोराडोमा भएको आगलागीमा दुईजनाको मृत्यु भएको छ । आगलागीमा परी केही मानिस घाइतेसमेत भएका छन् ।Furious Wildfire in Colorado

आगलागीका कारण तीन सय ६० वटा घर जलेका छन् । जंगल नजिक रहेको एक काठ मिलबाट सुरु भएको आगोले जंगलसमेत नष्ट गरेको छ भने नजिकैको बस्ती बिस्थापित भएको छ । कोलोराडोको इतिहासकै सबैभन्दा विनाशकारी मानिएको उक्त आगलागीबाट ५३ करोड ३० लाख अमेरिकी डलरबराबरको क्षति भएको अधिकारीहरूले बताएका छन् ।

आगलागी बिनासकारी हुन लागेपछि बस्ती खाली गराईएको छ । निकै बाक्लो जनसंख्या भएको कोलोराडोमा आगलागी नियन्त्रणका लागि ठुलो संख्यामा उद्धारकर्मी परिचालन गरिएको एक अधिकारीले बताएका छन् ।

तपाइँको प्रतिक्रिया ।