मनाङ फाइनल प्रवेश:नेपाल आर्मी क्लबसँग आमने–सामने हुने

काठमाडौं, ३१  जेठ/ ‘ए’ डिभिजन लिग च्याम्पियन थ्री स्टारलाई पराजित गर्दै मनाङमस्यााङ्दी क्लब गोर्खा कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

राजधानीमा जारी गोर्खा कप फुटबलको दोस्रो सेमिफाइनलमा आज मनाङले थ्री स्टारलाई १–० ले पराजित गरेको हो । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा मनाङका लागि खेलको ८७औँ मिनेटमा विशाल राईले गोल गरेका थिए ।
FOOTBALL
प्रतियोगितामा कुनै पनि गोल गर्न नसकेको थ्री स्टारका दुईजना खेलाडीले रातो कार्ड पाएका थिए । मन्छिन्द्रलाई पाखा लगाउँदै सेमिफाइनल प्रवेश गरेको मनाङमस्र्याङ्दी शनिबार उपाधिका लागि नेपाल आर्मी क्लबसँग आमने–सामने हुनेछ ।

यसअघि अस्ति  भएको पहिलो सेमिफाइनलमा ब्वाइज युनियनलाई ३–० ले पराजित गर्दै विभागीय टोली नेपाल आर्मी फाइनल प्रवेश गरिसकेको छ । जारी प्रतियोगिताको उपाधि विजेताले १० लाख र उप–विजेताले पाँच लाख रुपैयाँ पाउनेछन् ।

तपाइँको प्रतिक्रिया ।