उच्चस्तरीय राजनीतिक समितिको बैठक नयाँ बानेश्वरमा सुरु

काठमाडौं, ३१ जेठ । उच्चस्तरीय राजनीतिक समितिको बैठक आज सुरु भएको छ । समितिको कार्यालय नयाँ बानेश्वरमा सुरु बैठकमा संविधानसभा चुनावको मिति घोषणापछि अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुनेछ । हिजो सरकारले मंसिर ४ गतेका लागि संविधानसभा चुनावको मिति तोकिसकेको छ । यस्तै दलहरुबीच लामो समयदेखि रहेको थ्रेस होल्डको विवाद पनि हिजैदेखि हटेको छ । सरकारले संविधानसभा चुनावमा थ्रेस होल्डको व्यवस्था नराख्ने निर्णय गरेको हो । दलहरुबीच थ्रेस होल्डका विषयमा सहमति हुन नसकेपछि त्यस बारेमा निर्णय गर्ने जिम्मा सरकारलाई दिइएको थियो । एमालेका अध्यक्ष झलनाथ खनालको नेतृत्वमा बस्ने समितिको यो अन्तिम बैठक हो । भोलिदेखि समितिको जिम्मेवारी मधेशी ज4dalनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सम्हाल्नु हुनेछ ।

तपाइँको प्रतिक्रिया ।