बैंक अगाडीबाट नै नगद लुटपाट

महोत्तरी/ पर्सा,जेठ ३० गते
 महोत्तरी : गौशाला–८ मा रहेको सहयोगी विकास बैंकका ४ जना कर्मचारीहरुले ना.२ च २७२२ नम्वरको गाडीमा सोही बैंकको हेड अफिस जनकपुरबाट ५० लाख नगद लिई फर्कने क्रममा गौशाला ८ औरही भन्ने स्थानमा जेठ २९ गते १५:४५ बजे अपरिचित ५ जनाको संख्यामा २ वटा मोटरसाइकलमा आएका व्यक्तिहरुले गाडी रोकी उनीहरुलाई कुटपिट गरी उक्त नगद लुटेको बताइएको छ ।
 पर्सा : बिरगंज उपमहानगरपालिका–१८ लक्ष्मणनवा बस्ने कल्पना श्रेष्ठको घरमा आज ०१:३० बजे ८/१० जनाको संख्यामा आएका अपरिचित व्यक्तिहरुले घरका २ जना महिलालाई नियन्त्रणमा लिएर नगद ५ हजार रुपैया र सुनका गहना सहित करीव ६३ हजार बराबरको धनमाल लुटेर भागेको बताइएको छ ।
फरार लुटेराहरुको स्थानीय प्रहरीले खोजतलास गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाइँको प्रतिक्रिया ।