भारतीय नम्बरबाट आएको फोनले वैदेशिक रोजगार विभागमा आतंक
कपन अनलाइन
काठमाडौ,कार्तिक १।
भारतीय नम्बरबाट हिन्दी लवजमै महिलाले फोन फर्काउने आतंकले वैदेशिक रोजगार विभागमा आतंक श्रृजना गरेको छ । त्यहाँ यही किसिमको गुनासो लिएर पुगेकाहरुको गुनासो उपर कारवाही गर्दा विभागकै अधिकारीहरुले यो समस्या झेलेका हुन् ।
यसरी विभागकै कर्मचारीहरुलाई हत्तु बनाउने नम्बर हो ९१९७१८८५३०३० । आफ्नो नाम रिया बताउने ती युवतीलाई विभागका अधिकारीले फोन सम्पर्क गरेका थिए । युरोप, अमेरिका लैजाने भन्दै विज्ञापन प्रकाशन भएको थियो । केही दिन अगाडि एक दैनिक पत्रिकामा यूरोपमा एक लाख देखि तीन लाख सम्म भनि छापिएको विज्ञापनमा साधारण लेखपढ भए मात्र पुग्ने र आइएसओबाट मान्यताप्राप्त कम्पनी, प्रवेशाज्ञाको रकम तलबबाटै मिलाइने एजेण्टलाई राम्रै कमिसन मिलाइने जस्ता कुरा उल्लेख थियो । सोही विज्ञापन हेरेर त्यहाँ उल्लेखित ९८१५४५६१३ मा हिन्दी लवजमा तपाईले सम्पर्क गर्नुभएको नम्बर व्यस्त छ भन्दै फोन काटियो । पछाडि फेरि प्रयास गर्दा तपाईंले सम्पर्क गर्नुभएको नम्बर व्यस्त छ भनी नेपालीमा सुनियो ।
सो नम्बरमा सम्पर्क गरिएको केही समय पछाडि भारतीय नम्बर ९१९७१८८५३०३० बाट फोन फोन गर्नेले आफ्नो नाम रिया भएको बताउँदै कम्पनी दिल्लीमा रहेको र यूरोप जाने प्रक्रिया शुरु गर्दा शुरुमा दश हजार भारु लाग्ने, पछि एक लाख लाग्ने बताइन । यदि ती मुलुक जाने डायमण्ड ओभरसिज महेन्द्रपार्क ल्याण्डमार्क, बिल्लु बिल्डिङनजिकै उत्तम नगरमा सम्पर्क गर्न आग्रह गरिएको थियो । यही उजुरी वैरो विभागमा पुगेको हो । एक पछाडि अर्काे उजुरी दर्ज हुने क्रम बढेपछि सो नम्बरमा फोन सम्पर्क गर्दा एवंरीतले जवाफ आएपछि विभागकै अधिकारीहरु चकित परेका छन् । यस्ता विज्ञापन छाप्दा पत्रिकाहरु पनि सचेत हुन जरुरी छ ।
आजको जनआस्था साप्ताहिकमा समाचार छ ।