जुम्ला सदरमुकाममा कफ्र्यु:जनजिवन कष्टकर

जुम्ला, २९ जेठ/ जुम्ला सदरमुकाममा स्थानीय प्रशासनले हिजो बेलुकादेखि कफ्र्यु लगाएपछि जनजिवन कष्टकर बनेको छ ।
nepal.gov.stop
नेपाली कांग्रेस र नेकपा माओवादिका कार्यकर्ताबीच झडप भएपछि जिल्ला प्रशासन कार्यलय जुम्लाले  हिजो बेलुका साढे ८ बजेदेखि जुम्ला सदरमुकाममा कफ्र्यु लगाएको थियो ।

कफ्र्यु आज साझ ५ बजे सम्मका लागि तय भएको स्थानीय प्रशासनले जनाएको छ । शनिबार माओवादी र काग्रेस निकट दुई व्यक्तिको व्यक्तिगत झगडाले राजनितिक रूप लिएपछि झडपको अवस्था सिर्जना भएको थियो ।

घटनाको विषयमा नेपाली कांग्रेसले प्रेस विज्ञप्ती जारी गरी विरोध जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।