कपन आयोजित सबैभन्दा ठूलो खुल्ला दौडमा २०० को सहभागिता

970213_10200094382627610_1596986723_n[1]कपन अनलाइनसामाजिक एवम् खेलकुदका क्षेत्रमा सक्रिय रहेको युवा एकिकरण क्लबले संस्थाको पहिलो वार्षिकोत्सवको अवसर पारेर यस हप्ता खुल्ला दौड प्रतियोगिता आयोजना गर्यो । वरिष्ठ धावक जीतबहादुर के.सी.लाई प्रमुख अतिथि बनाएर सम्पन्न गराइएको कार्यक्रममा करिब २०० सहभागिले खुल्ला दौडम भाग लिएका थिए । कपनमा आजसम्म आयोजना गरिएको यस्तोखाले दौड प्रतियोगितामा सबैभन्दा धेरै सहभागिता भएको मानिएको यस प्रतियोगितामा पुरुषका लागि तय गरिएको १० किलोमिटर रमेश सुनुवारले २४ मिनेटमा पार गरी प्रथम भएका थिए । त्यसैगरी उत्तम अधिकारी र रमेश डगौरा क्रमशः दोस्रो र तेस्रो भएका थिए । त्यसैगरी महिलाहरुमा टासी ज्याग्बो शेर्पा प्रथम र शान्ती तामाङ र निङ्मा डिकी शेर्पा क्रमशः दोस्रा र तेस्रा भएका थिए ।
कपनदेखि गोपीकृष्णहलसम्मका विभिन्न क्षेत्र घुमेर तय गरिनुपर्ने दौड कार्यक्रममा समाजको विभिन्न क्षेत्रका विशेषगरेर युवाहरुले सहभागिता जनाएका थिए । सहभागि सबैलाई आयोजकले प्रमाणपत्र प्रदान गरेको थियो भने विजेताहरुलाई नगदसहित ट्रफि प्रदान गरिएको थियो । खेलकुद प्रतिष्ठनका निर्देशक केशवराज गौतम, कपन गाविस सचिव लोमस आचार्य पनि विशेष अतिथिकोरुपमा समापन कार्यक्रम सहभागि थिए । युव एकिकरण क्लब विष्णु भट्टराईको अध्यक्षतामा संचालित सामाजिक संस्था हो ।

तपाइँको प्रतिक्रिया ।