ग्रिस सरकारले राष्ट्रिय टिभी र रेडियो बन्द गर्दै
एजेन्सी, २९ जेठ/ ग्रिस सरकारले महत्वाकांक्षी योजना अनुरूप आफ्नो राष्ट्रिय टेलिभिजन र रेडियो स्टेसन तत्काल बन्द गर्ने भएको छ ।
देशमा आर्थिक संकट बढिरहेको भन्दै खर्च घटाउनका लागि ग्रिस सरकारले राष्ट्रिय प्रसारण बन्द गर्न लागेको हो । सरकारका एक प्रवक्ताका अनुसार ब्रोडकास्टिंग कर्पोरेसनमा धेरै पैसा बर्बाद भइरहेको भन्दै सरकारले यस्तो निर्णय लिएको हो ।
सरकारी टेलिभिजन र रेडियो स्टेसन बन्द भएपछि करिब दुई हजार पाँच सय कर्मचारी जागिरबाट निकालिने छन् । तर, ती कर्मचारीहरूले भने सरकारको तर्फबाट क्षतीपुर्ती पाउने छन् ।
आर्थिक संकटबाट गुज्रिरहेको ग्रीस सरकारले आगामी सन् २०१४ सम्ममा १५ हजार कर्मचारीलाई जागिरबाट निकाल्ने तयारी गरिरहेको छ ।
तपाइँको प्रतिक्रिया ।