यस्तो एउटा कलेज, जहाँ अहिले सम्म एउटा पनि बिद्यार्थी पास भएनन्

२४ जेष्ठ
तपाई पढेको कलेजमा कति प्रतिशत बिद्यार्थी उतिर्ण हुने गरेका छन? सामान्यमा पनि १०० मा ४०–५० प्रतिशत त पक्कै उतिर्ण हुन्छन होला । तर एउटा यस्तो कलेज पनि छ, जहाँ स्थापना काल देखि अहिले सम्म एउटा बिद्यार्थी पनि उतिर्ण भएका छैनन् । तर यो कलेज नेपालको भने होईन ।

भारतको उडिसास्थित गजापति जिल्लाको जिरांगोमा रहेको एक जुनियर बिज्ञान कलेजमा स्थापना काल देखि अहिले सम्म एउटा पनि बिद्यार्थी उतिर्ण भएका छैनन् । यो बर्षको प्लस टु अन्तर्गत बिज्ञान संकायको परिक्षामा पनि सो कलेजबाट २० बिद्यार्थी सहभागी थिए तर कोहि पनि उतिर्ण हुन सकेनन् । सो कलेजमा सन् २००९ मा पहिलो ब्याच सुरु भएको थियो ।

कलेज पिछडिएकमा समुदायका बिद्यार्थीलाई लक्षित गर्दै सन् २००७ मा केन्द्रिय सरकारको अनुदानमा स्थापना भएको थियो । सन् २००९ मा पहिलो पटक सो कलेजबाट १४, सन् २०१० मा ५, सन् २०११ मा  ४ र २०१२ मा ६ बिद्यार्थीले प्लस टु को परिक्षा दिएका थिए तर कोहि पनि उतिर्ण हुन सकेनन् ।

कलेजको यस्तो दुरा अवस्था प्रति कलेज प्रशासनले भने स्थायी कर्मचारी नभएकाले पढाई राम्रोसँग हुन नसकेको भनेको छ । त्यहाँ बोट्नी र म्याथमेटिक्सको लागी मात्र लेक्चरर छन । भएका लेक्चरर पनि टाढाबाट आउने भएकाले हप्तामा ३ मात्र पढाई हुने बतार्ईएको छ ।

तपाइँको प्रतिक्रिया ।