मिस वल्र्डमा बिकिनी नहुने

आगामी सेप्टेम्बरमा इन्डोनेसियामा हुन लागेको मिस वल्र्ड २०१३ का प्रतियोगीले बिकिनी नलगाउने भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मुस्लिम बाहुल्य इन्डोनेसियाको प्रतियोगितामा बिकिनी राउण्ड राख्दा आयोजकलाई समस्या हुने भएपछि उक्त राउण्ड हटाइएको छ ।
मिस वल्र्डकी अध्यक्ष जुलिया मोरलीले प्रतियोगितामा कुनै पनि सहभागीले बिकिनी नलगाउने बताइन् । ‘हामी कुनै समस्या वा बेइज्जतीको वातावरण सिर्जना गर्न चाहन्नौं,’ उनले भनेकी छन्, ‘bikaniत्यसकारण हामीले बिकिनी राउण्ड हटाएर इन्डोनेसियाप्रति सम्मान गर्न चाहन्छौं ।’ प्रतियोगितामा विश्वभरका १ सय ३८ सुन्दरीले सहभागिता जनाउनेछन् र उनीहरूबीच सेक्सनका लागि बिकिनीको साटो शरीर छोप्ने पहिरनमा देखिनेछन् ।
आयोजकले बिकिनी राउण्ड हटाउने घोषणा गरे पनि केही इस्लामी कट्टरपन्थी संगठनले उनीहरूकै भाषामा अनैतिक सौन्दर्य प्रतियोगितालाई हुन नदिने बताएका छन् । हिजबुत–तहरीर संगठनले सौन्दर्य प्रतियोगिता महिलाको शरीर बेच्ने जस्तै भएकाले प्रतियोगिताको कडा विरोध गरिएको जनाएको छ ।
अमेरिकालगायत विश्वका केही देशमा बिकिनी राउण्डलाई प्रतियोगिताको महŒवपूर्ण चरणका रूपमा लिने गरिन्छ । १९९६ मा भारतको बैंगलोरमा भएको प्रतियोगितामा पनि बिकिनी राउण्डको विरोध गरिएको थियो जहाँ भारतको ठाउँमा सेशिल्समा स्थानान्तरण गरिएको थियो । २००२ मा मिस वल्र्ड नाइजेरियामा गर्न खोजिए पनि केही मुस्लिम संगठनले विरोध गरेपछि त्यसलाई लन्डनमा सारिएको थियो । नाइजेरियाको कदुना शहरमा भएको विरोध कार्यक्रममा १ सय मानिस मरेका थिए भने ५ सय घाइते भएका थिए । एजेन्सी
तपाइँको प्रतिक्रिया ।