समाजको आवाजले तीर्थराज अधिकारीलाई सम्पादकबाट हटायो

314210_479630382070580_1856656598_nकपन अनलाइनसामाजिक गतिविधिका साथमा प्रकाशनका क्षेत्रबाट पनि कपनमा क्रियाशिल संस्थाले आफ्नो मुखपत्र समाजको आवाजको सम्पादकबाट तीर्थराज अधिकारीलाई हटाएको छ । वार्षिकरुपमा प्रकाशित हुने समाजको आवाज पत्रिका नियमितरुपमा निक्लने क्रममा भर्खरै प्रकाशित तेस्रो अंकको सम्पादकीयमा प्रयोग भएको भाषाले कपन क्षेत्रका केही समुदाय तथा सामाजिक जीवनका बारेमा नकारात्मक सन्देश दिएको भनेर आवाज उठेपछि समाजको आवाजले यो कदम उठाएको हो । कपन नियमित क्रियाशिल रहने सिमित संस्थाहरुमा अग्रणी नाम बनिरहेको समाजको आवाज संस्थाको प्रकाशन समाजको आवाजको सम्पादकीयबाट उत्पन्न भएको विरोधको आवाज तीर्थराज अधिकारीलाई सम्पादक पदबाट हटाइएसँगै हल भएको छ ।

सम्पादक तीर्थराज अधिकारी

आज ढिलो गरी प्रकाशित गरिएको यस संस्थाको प्रेश विज्ञप्तिमा आजैका दिनदेखि लागु हुने गरी तीर्थराज अधिकारीलाई सम्पादक पदबाट हटाइएको जनाइएको छ । प्रेश विज्ञप्तिमा मानवीय मूल्य मान्यता रक्षाका लागि यो संस्था सदैव सचेत रहने बताउँदै कपन क्षेत्रको महानुभावमा पर्न गएको नकारात्मक सन्देशप्रति क्षमा मागिएको छ । साथै अबका प्रकाशनमा यस्ता त्रुटि नहुनका लागि सचेत रहने पनि उल्लेख गरिएको छ ।

समाजको आवाज संस्थाका अध्यक्ष राजु बस्नेत

सामाजिक मूल्य र मान्यतालाई स्थापित गर्न संस्था तथा संस्थाको प्रकाशन सदैव क्रियाशिल रहने भएकोले सम्पादकीयका कारण समाजमा विभेद ल्याउने विषय उठेको हुँदा सम्पादकका रुपमा तीर्थराज अधिकारीलाई हटाइएको संस्थाको अध्यक्ष राजु बस्नेतले कपन अनलाइनसँग भने । उनले हाम्रो संस्था तथा हाम्रो प्रकाशन कपन क्षेत्रलाई समुन्नत बनाउन अघि सरेको हुँदा सामाजिक विभेदका  कुरामा हामी अत्यन्त सचेत भएको बताए ।

तपाइँको प्रतिक्रिया ।