नेपालका चार बालबालिका बुल्गेरियामा हुने चिल्ड्रेन अफ युनिभर्समा जाने तयारी मा

काठमाडौं । राजधानीमा विभिन्न समयमा भएका बालबालिकासम्बन्धी प्रतिभामूलक तथा सौन्दर्य प्रतियोगिताका विजेतालाई ई प्लानेट नामक संस्थाले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न पठाउने भएको छ ।nepali chail
संस्थाका अध्यक्ष सन्तोष सापकोटाका अनुसार बुल्गेरियामा हुने चिल्ड्रेन अफ युनिभर्समा नेपालका तर्पmबाट बालबालिकालाई सामेल गराउने औपचारिक अधिकार संस्थाले प्राप्त गरेको छ । सापकोटाले त्यहाँ हुने दुई प्रतियोगितामा नेपालमा विजयी चार बालबालिकालाई सहभागी गराइने बताए ।
आगामी जुन ११ देखि १६ तारिखसम्म बुल्गेरियाको बुर्गासस्थित सि बिच रिसोर्टमा हुने चिल्ड्रेन अफ युनिभर्सको फाइनल प्रतियोगिताका लागि राजधानीमा विभिन्न समयमा सम्पन्न चाइल्ड आइकन २०१० र जुनियर ब्याटल २०१३ का विजेता बालबालिकालाई त्यसतर्फ पठाइन लागेको सापकोटाले जानकारी दिए । उक्त प्रतियोगितामा चाइल्ड आइकन २०१० की प्रमुख विजेता रोजा पाण्डे, जुनियर व्याटल २०१३ का व्याटल किंग पराग काप्mले, व्याटल क्वीन अनिशा थापा र जुनियर व्याटल दिव्येश्वरी भट्टराईले नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागिता जनाउँदैछन् । उनीहरू प्रतियोगितामा सहभागिता जनाउन आइतबार अभिभावकसहित बुल्गेरिया जान लागेको चिल्ड्रेन अफ युनिभर्सका लागि ई प्लानेटको अन्तर्राष्ट्रिय कार्यक्रम संयोजक प्रतिमा सेस्योले बताइन् ।
मुख्य उपाधिसहित विभिन्न उपाधिको विजेताको घोषणा १६ तारिखमा सम्पन्न हुने फाइनल राउण्डमा हुनेछ । सात वर्षदेखि बुल्गेरियमा हरेक वर्ष आयोजना हुँंदै आएको बालबालिकाको यो अन्तर्राष्ट्रिय प्रतियोगितामा चालीस राष्ट्रका बालबालिकाले प्रतिस्पर्धा गर्नेछन् । यो प्रतियोगितामा नेपालबाट पहिलोपटक सहभागिता हुन लागेको हो । ई प्लानेटले राजधानी र मोफसमा बालबालिका तथा किशोरी र युवतीदेखि गृहिणीसम्मका लागि प्रतिभामुखी तथा सौन्दर्यमुखी प्रतियोगिताहरू आयोजना गर्दै आएको छ ।
तपाइँको प्रतिक्रिया ।