राजस्व संकलमा भट्टराईलाई रेग्मीले जिते

काठमाडौं, २ ४regmiजेठ/ वर्तमान सरकारले राजस्व संकलनमा बाबुराम भट्टराई नेतृत्वको सरकारलाई उछिनेको छ । चालू आर्थिक वर्षको बैसाख महिनामा कर राजस्व बापत् रु. १९ अर्ब ९९ करोड ८२ लाख र गैरकर तीन अर्ब ९८ करोड ५१ लाख गरी कुल रु. २३ अर्ब ९८ करोड ३३ लाख संकलन भएको छ ।

गत आर्थिक बर्षको समीक्षा अवधिमा रु १७ अर्व ९८ करोड ३४ लाख राजस्व संकलन भएको थियो । गत आर्थिक वर्षको बैशाख महिनासम्ममा रु ३३ अर्व ९० करोड ३४ लाख राजस्व संकलन भएकोमा चालु आर्थिक बर्षको यस महिनासम्ममा ४६ अर्व ७४ करोड ५१ लाख संकलन भई राजस्व संकलन वृद्धि दर ३७.८८ प्रतिशत रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

त्यस्तै गत वर्ष बैशाखसम्ममा मूल्य अभिवृद्धि कर रु ५८ अर्व ४० करोड ६ लाख संकलन भएकोमा यस वर्षको सोहि अवधिमा रु ६७ अर्व ८७ करोड ९३ लाख संकलन भई बृद्धि दर १६ .२३ प्रतिशत भएको छ ।

यसैगरी अन्त: शुल्कतर्फ गत आर्थिक बर्षको बैशाख महिनासम्ममा रु २३ अर्व ९६ करोड १८ लाख संकलन भएकोमा चालु आर्थिक.वर्षको यस महिना सम्ममा रु २९ अर्व ७ करोड ५ लाख संकलन भई बृद्धि दर २१.२३ प्रतिशत रहेको छ । आयकर तर्फ गत आर्थिक वर्ष को बैशाख महिनासम्ममा रु ३९ अर्व १७ करोड ८४ लाख संकलन भएकोमा चालु आथिक बर्षको यस महिनासम्ममा रु ५१ अर्व ९५ करोड ६९ लाख संकलन भई वृद्धिदर ३२.६२ प्रतिशत रहेको छ ।

कुल राजस्व संकलनमा शिर्षकगत राजस्व संकलनको संयोजनमा केही फेरबदल भएको छ । विगतमा भन्सार महसुलको योगदान अन्य राजस्वको योगदानभन्दा अधिक रहने भएता पनि केही वर्षदेखि मूल्य अभिवृद्धि कर र आयकरको योगदान क्रमश: बढ्दै गइरहेको छ ।

तपाइँको प्रतिक्रिया ।