सवारी साधन तोडफोड

कैलाली, जेठ २३ गते
कमलरीप्रथा उन्मुलन संयुक्त संघर्ष समितिले ललितपुर चाकुपाट स्थित युवराज पौडेलको कोठामा काम गर्ने दाङ जिल्ला लालमटिया बस्ने १३ बर्षीया सृजना चौधरीको मृत्यु भएको सम्बन्धमा उच्च स्तरीय छानविन समिति गठन लगायत बालिका बचाऔ नामक आन्दोलनको घोषणा गरे अनुसार आज ०७:३० बजे पथरैया–१ स्थित भित्री सडकखण्डमा टिकापुरबाट लम्कीतर्फ जादै गरेको ना.४ ख ४०३४ नम्वरको बस र काठमाडौँबाट टिकापुरतर्फ जादै गरेको ना.४ ख ४६९४ नम्वरको बसलाई मोटरसाइकलमा आएका ३ जना बन्दकर्ताहरुले दुवै बसको सिसा पूर्णरुपमा तोडफोड गरी भागेका छन् ।
प्रहरीले उक्त बसलाई सुरक्षित साथ लम्की पठाएकोमा ना.४ ख ४०३४ नम्वरको बस धनगढीतर्फ गएको छ ।

तपाइँको प्रतिक्रिया ।