ग्यासको हाहाकार हुने सम्भावना

काठमाडौं, २० जेठ/ ग्यास उद्योगले आजदेखि डिलरलाई ग्यास बिक्री बन्द गर्ने भएका छन् ।gyash

सरकार र ग्यास उद्योगीबीचको हिजोको वार्ता असफल भएपछि उद्योगीले ग्यास बिक्री बन्द गर्ने निर्णय गरेका हुन् ।

सरकारसँगको वार्तामा आफूहरूका माग सम्बोधन नभएकाले डिलरलाई ग्यास बिक्री नगर्ने निर्णय गरिएको नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले बताउनुभयो ।

लागत खर्च बढेर व्यवसाय सञ्चालनमा कठिन भएको भन्दै उद्योगीले प्रतिसिलिन्डर ग्यासमा ५७ रुपैयाँ ९२ पैसा कमिसनको माग गर्दै आएका छन् । उद्योगीले अहिले प्रतिसिलिन्डर २८ रुपैयाँ कमिसन लिँदै आएका छन् ।

आफ्ना मागमा सरकारले समर्थन नजनाएपछि आजबाट बिक्री रोक्न लागिएको उद्योगीहरूको भनाइ छ ।

तपाइँको प्रतिक्रिया ।